१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राप्ती गाउँपालिकाको न्यायिक समितिमा २२ विवाद दर्ता



 

२४ असार, तुलसीपुर– दाङ । राप्ती गाउँपालिकाको न्यायिक समितिमा हालसम्म २२ विवाद दर्ता भएका छन् ।

गाउँपालिका न्यायिक समितिका संयोजक जगदम्बाकुमारी चौधरीले दर्ता भएका विवादमध्ये आठ विवाद मेलमिलापद्वारा समाधान गरिएको, दुई विवाद भूमिसुधार कार्यालयमा समाधानका लागि सिफारिस गरिएको र तीन वटा इलाका प्रहरी कार्यालय भालुवाङमा समाधानका लागि पठाइएको छ ।

अन्य विवाद छलफलका क्रममा छन् । समितिमा जग्गा विवाद, लेनदेन, घरझगडा, कुलो विवाद लगायत विवाद आउने गरेका छन् । समाधानका क्रममा विवादित पक्ष समयमा नआउँदा पनि समस्या हुने गरेको समितिका संयोजक चौधरीले बताइन् । उनका अनुसार समितिले १३ प्रकारका विवाद निरुपण गर्ने र ११ प्रकारका विवादलाई मेलमिलापको माध्यमबाट गर्ने गरिएको छ ।

यसैबीच गाउँपालिकाको तेस्रो गाउँसभाको बैठकबाट गाउँपालिकाको न्यायिक समितिको कार्यविधिसम्बन्धी विधेयक २०७५ सर्वसम्मत स्वीकृत भएको छ । विधेयक स्वीकृत भएसँगै न्याय सम्पादनमा थप सजिलो भएको समितिले जनाएको छ ।
रासस

प्रकाशित मिति : २४ असार २०७५, आइतबार ००:००