१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इटहरी उपमहानगरपालिका ३ स्थित शेरा खोला झोलुंगेपुल उद्घाटन



 

१७ असार, इटहरी । इटहरी उपमहानगरपालिका–३ को विकट स्थानमा रहेको सिद्धार्थ टोल र प्रगति टोलको आन्तरिक पर्यटकीय क्षेत्र खोर्साने खापलाई एकआपसमा जोड्न शेरा खोलामा निर्माण गरिएको झोलुंगे पुलको प्रदेश १ का सांसद एवं नेकपा नेता सर्वध्वज सावाले शनिबार उद्घाटन गरे ।

इटहरी डुबानका अभिसापका रुपमा लिने गरिँदै आएको शेरा खोलामाथि सरकारको जिल्ला प्राविधिक कार्यालयको प्रत्यक्ष निगरानी र लगानीमा ७३ लाख ८४ हजारको लागतमा निर्मित उक्त झोलुंगे पुल ९३ मिटर लामो रहेको जिल्ला प्राविधिक कार्यालय सुनसरीका डिभिजनल इञ्जिनियर जीतेन्द्रकुमार कर्णले जानकारी दिए ।
रासस

प्रकाशित मिति : १७ असार २०७५, आइतबार ००:००