२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिसस बाँकेद्वारा निर्माणाधिन विकास योजनाको अनुगमन शुरू



 

१४ असार, नेपालगन्ज । बाँकेमा निर्माण भइरहेका विकासका योजनाको जिल्ला समन्वय समितिले अनुगमन थालेको छ । समन्वय समितिका संयोजक अजयकुमार श्रीवास्तवले संघीय र प्रदेश सरकारबाट स्पष्ट निर्देशिका नआएपछि समिति बैठकले आफ्नो छुट्टै निर्देशिका बनाएर अनुगमन शुरु गरेको हो ।

समितिले जिल्लामा सञ्चालित साना तथा ठूला विकासका योजनाको अनुगमन गर्ने र काममा ढिलासुस्ती, अनियमितता भएको पाइए आवश्यक कारबाहीका लागि सम्बद्ध निकायमा सिफारिश गर्ने उनले बताए ।

अनुगमन गर्नुअघि जिल्ला समन्वय समितिले संयोजक श्रीवास्तवको नेतृत्वमा समितिका सदस्यहरु चेतबहादुर घर्ती, जानुका क्षेत्री र प्रशासकीय अधिकृत भरतबहादुर मल्ल सहितको टोली गठन गरेको छ ।

धान रोपाइँ शुरु

वर्षा भएपछि यस वर्ष जिल्लाका कृषकले धान रोपाइँ शुरु गरेका छन् । जिल्लामा यस वर्ष ३६ हजार ५०० हेक्टरमा धान खेती गर्ने लक्ष्य राखिएको छ । गत वर्ष ३४ हजार ६६५ हेक्टरमा एक लाख नौ हजार २२६ मेट्रिक टन धान उत्पादन भएको थियो ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख कृष्ण बस्नेतले डिप बोरिङ, नहर र कुलोको सुविधा भएका ठाउँमा धान रोपाइँ थालेको बताए । आकाशे पानीको भरमा धान खेती हुने ठाउँमा भने अहिले बीउ मात्र छरिएको छ ।

जिल्लाको परशपुर, राधापुर, सीतापुर, फत्तेपुर र कचनापुरमा धान रोपाइँ शुरु भइसकेको छ । अधिकांश कृषकले राधा ४ जातको तथा जानकी, हर्दिनाथ, सावित्री, श्यामजीरा, बासमती र रामधान जातका धान खेती गर्दैआएका छन् ।

जिल्लाको खेतीयोग्य भू–भाग ५७ हजार २५२ हेक्टरमध्ये २७ प्रतिशत हेक्टरमा मात्र सिँचाइ पु¥याउन सकिएकाले धान उत्पादनमा सोचे अनुसारको परिणाम आउन नसकेको कार्यालय प्रमुख बस्नेत बताउछन् ।
रासस

प्रकाशित मिति : १४ असार २०७५, बिहिबार ००:००