८ बैशाख २०८१, शनिबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचन दुई चरणमा गर्नाको कारणबारे परामर्श



काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहालले सबै राजनीतिक दललाई सहमतिमा ल्याउने प्रयास र स्थानीय तहको निर्वाचन दुई चरणमा गर्नु पर्नाको कारणबारे निर्वाचन आयोगका पदाधिकारीसंग अइतबार परामर्श गरेका छन् ।

सरकार र आन्दोलनरत मधेस केन्द्रित दलसंग शनिबार भएको सहमतिअनुसार केही प्रदेशमा दोस्रो चरणमा निर्वाचन गर्नुपर्ने भएकाले सो सम्बन्धमा आवश्यक तयारीका बारेमा छलफल गरेका हुन् । प्रधानमन्त्री र आयोग पदाधिकारीबीच अइतबार भएको छलफलमा दोस्रो चरणको निर्वाचन र त्यसको तयारीबारे आयुक्तहरु संग परामर्श गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

शनिबार सरकार र संघीय गठबन्धनबीच भएको सहमति कार्यान्वयन गर्ने क्रममा प्रधानमन्त्रीले आयुक्तहरू संग परामर्श गरेका हुन् । परामर्शकै आधारमा आवश्यक निर्णय गरिने र सोही आधारमा आयोगलाई आग्रह गरिने बताइएको छ । रासस

प्रकाशित मिति : १० बैशाख २०७४, आइतबार ००:००