५ बैशाख २०८१, बुधबार | Wed Apr 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चोक–चौतारामा निर्वाचनको माहोल बढ्यो



रत्ननगर, चितवन । स्थानीय तह निर्वाचनको चहलपहल चितवनमा बढेको छ । यहाँका चोक–चौतारा, चियापसल, दोकान तथा होटलमा निर्वाचनकै बारेमा कुराकानी हुने गरेको छ ।

भरतपुर, नारायणगढ, रत्ननगर, माडी, पर्सा, भण्डारा, खैरहनीलगायत क्षेत्रका चोक–चौतारामा दुईजना भेट हुने बित्तिकै निर्वाचनकै बहस हुने गरेको छ ।

चोक चौतारा र चियापसल मानिसको जमघट हुने भएकाले त्यहाँ निर्वाचनसम्बन्धी छलफल हुने गरेको रत्ननगरका चन्द्रकान्त न्यौपानेले बताए । ‘हरेक पार्टीका कार्यकर्ता चिया पिउन आउँछन्, अनि छलफल हुन्छ, सबैको कुरा सुन्दा चुनावमा कुन दलका योजना कस्ता छन् भन्ने पनि थाहा हुन्छ,’ उनले भने ।

रत्ननगरको बकुलहरमा रहेको दूध डेरीमा चियापसल छ । यो पसलमा प्रायः चिया खानेको भिड हुन्छ । उनीहरु सबै निर्वाचनकै विषयमा बहस गरिरहेका भेटिन्छन् । अर्का स्थानीय शिव शर्मा पौडेल ‘कहीँ नभेट्ने मान्छे पनि चिया चौतारोमा भेटिने भएकाले आउन मन लाग्ने बताउछन् ।’

चोक र चौतारोमा अहिले नगरप्रमुख र उपप्रमुख पदमा कसले टिकट पाउला भनेर चर्चापरिचर्चा हुने गरेका छन् । टिकट पाउने सम्भावना भएका, पाएका र अलि राजनीतिमा बढी सक्रिय भएकाहरु अहिले पार्टी कार्यालय, गाउँमा चुनावी प्रचार प्रसार तथा नेताहरुले खटाएको स्थानमा क्रियाशील हुन थालेका छन् ।

महिला अधिकारकर्मी शान्ति अधिकारीले यो बेलामा दलले चुनावी प्रचार तीव्र पारेकाले गाउँघरमा मान्छे भेटिन मुस्किल भएकाले चोक चौतारा र चियापसल प्रचारप्रसारका लागि उपयुक्त ठाउँ हुने गरेको बताइन् ।

रत्ननगरमा ईश्वर राज अधिकारी हरेक ठाउँमा दुई जना भेट हुने बित्तिकै चुनावकै विषयमा छलफल हुने गरेको आफ्नो अनुभव सुनाउछन् ।

निर्वाचनमा तीन हजार ३७० जनशक्ति परिचलन हुने

स्थानीय तह निर्वाचनमा चितवनबाट तीन हजार ३७० जनशक्ति परिचालन हुँदै छन् । जिल्ला निर्वाचन अधिकारी हरि ढकालकाअनुसार मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, कार्यालय सहयोगी र स्वम्सेवक गरी ३ हजार ३७० जनशक्ति परिचालन हुने छन् ।

गाउँगाउँमा टोली खटाइएकाले मतदाता शिक्षाको काम तीव्र भइरहेको ढकाल बताउछन् । चितवन जिल्लामा यस पटक नयाँ संरचना अनुसार १ महानगर, ५ नगरपालिका र १ गाउँपालिका छन् ।

चितवनमा पनि निर्वाचनको तयारी तीव्र पारिएको छ । जिल्ला निर्वाचन अधिकारी हरि ढकालकाअनुसार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय समेत स्थापना गरेर काम सुरु भएको छ ।

निर्वाचनमा तीन लाख १३ हजार दुई मतदाताले कुल ५०४ जना जनप्रतिनिधिलाई छान्ने छन् । झन्डै २० वर्षको अन्तरालमा हुन लागेको निर्वाचनलाई सफल पार्नु सबैको साझा कर्तव्य हो । रासस

प्रकाशित मिति : ९ बैशाख २०७४, शनिबार ००:००