७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाजुभाइ अध्यक्षको चुनावी प्रतिस्पर्धामा



 

बैतडी, ८ वैशाख । बैतडीको डिलासैनी गाउँपालिकाको अध्यक्ष पदका लागि सहोदर दाजुभाइ कर्णबहादुर राना र लोकेन्द्रबहादुर राना चुनावी मैदानमा उत्रिने भएका छन् ।

कर्णबहादुर नेपाली कांग्रेस र लोकेन्द्रबहादुर नेकपा (माओवादी केन्द्र)बाट अध्यक्ष पदमा चुनावी मैदानमा उत्रिने भएका हुन् ।

“हाम्रो राजनीतिक विचार फरक छ । त्यसैले हामी फरक फरक दलबाट अध्यक्ष पदको उम्मेदवार बनेका छौँ । भाइ नाता पारिवारिक नाता हो । हाम्रो राजनीतिक विचार फरक छ । त्यसैले हामी फरक फरक दलबाट उम्मेदवार बनेका हौँ” – कर्णबहादुर रानाले भने ।

आफू १४ वर्षको उमेरदेखि नै माओवादीमा लागेको र अहिले गाउँपालिकाको अध्यक्ष पदका लागि उम्मेदवार बनेको लोकेन्द्रबहादुर रानाले बताए ।

उनले भने, “माओवादीले उठाएको संघीयताको मुद्दा कार्यान्वयनमा ल्याउनका लागि मेरो उम्मेदवारी हो । मेरो दाजुसँग पारिवारिक नाता छ । विचार हामी दुईको फरक छ । त्यसैले हामीले अलग अलग दलबाट उम्मेदवारी दिएका छौँ ।” रासस

प्रकाशित मिति : ८ बैशाख २०७४, शुक्रबार ००:००