चितवन, ७ वैशाख । नेपाल कम्युनिस्ट पार्टीले भरतपुरमा आयोजना गरेको निर्वाचन विरोधी सभामा प्रहरीले हस्तक्षेप गरी २३ जनालाई नियन्त्रणमा लिएको छ ।
कार्यक्रमका वक्ता पार्टी स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले निर्वाचन विथोल्ने अभिव्यक्ति दिएलगत्तै प्रहरीले सभामा सहभागी हुन आएकालाई तितरवितर पारेको थियो ।
सभा बिथोल्ने क्रममा भरतपुर महानगरपालिका–२५ का एरिया सेक्रेटरी कृष्णप्रसाद पौडेल घाइते भएका छन् । पार्टीले ठाउँ ठाउँमा टायर बाल्न थालेपछि रिजाल चोकबाट सात, त्रिचोकबाट नौ, चौविसकोठीबाट चार तथा हाकिम चोक र विमानस्थलका बीचबाट तीन जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।
निर्वाचन विरोधी गतिविधि गर्ने जो कोहीलाई पनि नियन्त्रणमा लिइने उनले बताए । प्रहरीले भरतपुर क्षेत्रमा सुरक्षा व्यवस्था निकै कडा परेको छ । रासस
प्रतिक्रिया