१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधान सेनापतिद्वारा बेलिब्रिज उद्घाटन



१९ जेठ, बाग्लुङ । कालीगण्डकी करिडोरको बागलुङ, जैमिनी नगरपालिका–७ स्थित लौवा खोलामा बेलिब्रिज निर्माण भएको छ ।

बेलिब्रिजको शुक्रबार प्रधानसेनापति राजेन्द्र क्षेत्रीले उद्घाटन गरेका छन् । पुल बनेसँगै वर्षायाममा पनि करिडोरको बागलुङ–गुल्मी खण्डमा यातायात नियमित हुने भएको छ । यसअघि बागलुङ खण्डमा तीन बेलिब्रिज निर्माण भई सञ्चालनमा छन् ।

बेलिब्रिजको उद्घाटनपछि प्रधानसेनापति क्षेत्रीले विकास निर्माणका काममा सरकार र नागरिकसँग हातेमालो गरेर अघि बढ्न नेपाली सेना सधैँ तयार रहेको बताए । ३ करोड रुपैयाँमा बनेको बेलिब्रिजको निर्माण गत माघमा शुरु भई वैशाखमा सकिएको थियो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७५, शनिबार ००:००