८ बैशाख २०८१, शनिबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिरोले डोजर पुरिँदा सहचालकको ज्यान गयो



 

१८ जेठ, सल्लेरी– सोलुखुम्बु ।
सोलुखुम्बुको माहाकुलुङमा पहिरो खसेर डोजर पुरिँदा सहचालकको ज्यान गएको छ । माहाकुलुङ गाउँपालिका १ बुङको पात्लेमा सडक निर्माण गरिरहेका बेला माथिबाट खसेको पहिरोले डोजर सहित सहचालक पुरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

माहाकुलुङ गाउँपालिका १ पात्लेको बबर्दो भिरमा सडक खन्ने क्रममा बिहीबार दिउँसो एक्कासि माथिबाट पहिरो खस्दा नेचासल्यान गाउँपालिका ३ का २२ वर्षीय लोचन गौतमको ज्यान गएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रद्युम्नकुमार अधिकारीले जानकारी दिए ।

डोजर चालक ओखलढुङ्गाका कमल भुजेल खाजा खान गएको समयमा सहचालक गौतमले डोजरमा ग्रिज लगाउने क्रममा पहिरो आउँदा डोजर सहित पुरिएको बताइएको छ ।

गाउँपालिकाको लिखोला खोल्सीबाट बुङ बजारसम्म सडक खन्न प्रयोग गरिएको बा २ क ८०१७ नम्बरको बोबेल कम्पन्नीको डोजर रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा अर्को डोजरको प्रयोग गरी उद्धार गरिएको बताइएको छ ।
रासस

प्रकाशित मिति : १८ जेष्ठ २०७५, शुक्रबार ००:००