२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हेटौँडाबाट–काठमाडौँ सुरुङ मार्ग कार्यान्वयनमा उच्च प्राथमिकतामा



 

१५ जेठ, हेटौँडा ।
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जनताको समृद्धिका लागि प्रदेश सरकार सधैँ क्रियाशील रहने बताएका छन् ।

मुख्यमन्त्री पौडेलले ११औँ गणतन्त्र दिवस समारोह समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय तहबीच सहकार्य गरिने बताएका छन् ।

उनले प्रदेशका १३ जिल्लामा राष्ट्र गौरवका आयोजना सञ्चालन गर्न जिल्ला समन्वय समिति र स्थानीय तहलाई योजना सिफारिस गरी पठाउन आग्रह गरिएको बताउँदै हेटौँडाबाट काठमाडौं जोड्ने सुरुङ मार्गलाई राष्ट्रिय गौरवको आयोजना अन्तर्गत उच्च प्राथमिकतामा राखी कार्यान्वयन गरिने विश्वास दिलाए ।

दिवसका उपलक्ष्यमा हेटौँडास्थित बुद्धचोकबाट आज बिहान निस्केको पदयात्रा कान्ति राजपथ हुँदै जिल्ला समन्वय परिषद्को प्राङ्गणमा पुगेपछि विसर्जन गरिएको थियो ।
रासस

प्रकाशित मिति : १५ जेष्ठ २०७५, मंगलबार ००:००