१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अर्जुनधारा नगरपालिकाको रेखा खोलामा पुल बन्यो



 

१४ जेठ, सुरुङ्गा– झापा ।
अर्जुनधारा नगरपालिका– ९ कालिस्थानको रेखा खोलामा पुल बनेपछि त्यस क्षेत्रका सर्वसाधारणलाई राहत मिलेको छ । पुल निर्माणसँगै शनिश्चरे माविमा अध्ययन गर्दैआएका विद्यार्थीलाई समेत विद्यालय आवागमनका लागि सहज भएको छ ।

अर्जुनधारा– १० कालिस्थानका बासिन्दा यसअघि रेखा खोलामा पुल नहुँदा निकै समस्यामा थिए । गत वर्ष आएको बाढीले रेखा खोलाको कज्वे भत्काएपछि त्यहाँका स्थानीयवासी खोला भएर हिँड्न बाध्य थिए ।

नगरपालिकाले चालू आवमा २५ लाख तथा बाँकी रकम आगामी आवको बजेटबाट परिपूर्ति गर्ने गरी पुल निर्माण गरिएको हो । पुल निर्माणको कूल लागत ५७ लाख ६२ हजार रहेको छ ।

स्थानीयवासीको समेत जनसहभागितामा रेखा खोलामा पुल निर्माण भएको अर्जुनधारा नगरपालिका– ९ का वडाध्यक्ष पुष्प प्रसार्इंले बताए । पुल निर्माणका लागि स्थानीयवासीको ७ लाख ३५ हजार लागत रहेको छ ।

पुल उद्घाटन समारोहमा पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष युवराज प्रसार्इंले पुलको आर्थिक आयव्यय प्रस्तुत गरेका थिए । पुलको लम्बाइ १० मिटर र चौडाइ छ मिटर रहेको छ ।
रासस

प्रकाशित मिति : १४ जेष्ठ २०७५, सोमबार ००:००