९ बैशाख २०८१, आइतबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागलुङ नगरपालिकाका मापदण्ड विपरीतका संरचना हटाइँदै



१२ जेठ, बागलुङ ।
बागलुङ नगरपालिकाले नगर क्षेत्रमा मापदण्ड मिचेर बनाइएका संरचना हटाउन शुरु गरेको छ । नगरपालिकाले सडक साँघुरो पारेका र शहरी सुन्दरता बिगार्ने गरी बनेका घरका पेटी र टहरा भत्काउन थालेको हो । नगरभित्रका मुख्य सडकलाई आठ मिटर चाक्लो बनाउन मापदण्ड विपरीतका संरचना हटाउनुपरेको नगरपालिकाले जनाएको छ ।

वडा नं २ को शिवधारा चोकबाट त्यस्ता संरचना हटाउन शुरु गरिएको नगर प्रमुख जनकराज पौडेलले बताए । सडकलाई मापदण्डमा ल्याइएपछि आवश्यकतानुसार कालोपत्रे तथा ढलान गरिने उनको भनाइ छ । “मापदण्ड विपरीत बनेका घरका पेटी र अन्य संरचना हटाउँछौँ,” उनले भने, “स्थानीयवासीसँगको समन्वयमा काम अघि बढेको छ ।” सडक विस्तार अभियानमा नगरवासीको कुनै अवरोध नरहेको उनको भनाइ छ ।

शिवधाराचोकदेखि वडा नं २ कै क्याम्पस चोकसम्मको सडक विस्तार र सुधारको काम ३४ लाखको लागतमा गर्न लागिएको छ । सदरमुकामभित्रका अन्य सडकलाई पनि विस्तार गर्ने योजनामा नगरपालिका छ ।

“नक्सा स्वीकृतिमा भन्दा बढी जग्गा मिचेर बनेका संरचना हट्छन्,” नगरप्रमुख पौडेलले भने, “अर्को वर्षसम्म नगरका सबै सडक र चोक फराकिला बनाउँछौँ ।” शुरुमा सडकलाई व्यवस्थित गरेर मात्र अन्य शहरी विकासका कामलाई अघि बढाइने उनको भनाइ छ ।
रासस

प्रकाशित मिति : १२ जेष्ठ २०७५, शनिबार ००:००