१९ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विकासले गति लिँदा बारावासी खुशी



 

१० जेठ, वीरगञ्ज
स्थानीय निकायको निर्वाचनपश्चात् स्थिर सरकार आउँदा विकास निर्माणले गति लिन थालेपछि बारावासी खुशी भएका छन् । दुई दशकपछि भएको स्थानीय निकायको निर्वाचनले स्थिर तथा ठोस सरकार दिँदा कहीँ नाला निर्माण हुँदैछ भने कहीँ सडक ढलानले तीव्रता पाउँदैछन् ।

विकास निर्माण द्रुत गतिमा हुन थालेपछि बाराको परवानीपुर गाउँपालिका रामपुर टोकनीका बिन्दु साहले खुशी व्यक्त गरिन् । दुई दशकसम्म विकास कार्य ठप्प भएको तर स्थानीय निकायको निर्वाचनपश्चात् गाउँगाउँमा विकास निर्माणको काम हुन थालेपछि उनी मात्र होइन जिल्लावासी खुशी व्यक्त गर्दै अब गाउँ शहरको मुहार फेरिने ढुक्क देखिन्छन् ।

अघिल्लो वर्षको मुसलेधारे वर्षाका कारण हिलोमा हिँड्न बाध्य भएकी बारा बुनियादकी उषा देवी गाउँमा सडक ढलान भइरहेकामा खुशी व्यक्त गर्दै भन्छिन् “अब हाम्रो गाउँको पनि मुहार फेरिने भएको छ ।”

परवानीपुर गाउँपालिका १ मा २२ लाखको लागतमा १४५ मिटर सडक निर्माण भइरहेको वडाध्यक्ष मिश्री महतोले बताइन् । उनले भनिन्, “हाम्रो लागि यो एउटा सुनौलो अवसर हो, विकासलाई प्राथमिकतामा राखेर काम अघि बढाएका छौँ ।” पूर्वाधारको अन्य विकाससँगै गाउँमा सडक र नाला निर्माणलाई प्राथमिकतामा राखेर विकास कार्यमा जुटेको उनको भनाइ छ ।

सो गाउँपालिका २ मा १५ लाख लागतमा नाला निर्माण, वडा नं ३ को परवानीपुर बजारक्षेत्रदेखि सातोमाई मन्दिरसम्म ६० लाखको लागतमा नाला निर्माण तथा वडा नं ४ मा ४० लाखको लागतमा सडक ढलान र नाला निर्माण भइरहेको गाउँपालिका अध्यक्ष हरिनारायण साहले बताए । योजना छनोटको समयमा गाउँवासीले दिएको सल्लाह सुझावअनुसार विकास निर्माणको कामलाई प्राथमिकतामा राखेर काम अगाडि बढाइएको उनको भनाइ छ ।

परवानीपुर गाउँपालिकामा २२ लाख ५० हजारको लागतमा नाला निर्माणको काम भइरहेको छ । गाउँपालिकामा नाला, सडक, विद्यालय भवन, धर्मशाला, मसानघाट लगायतको काम तीव्र रुपमा भइरहेको छ ।
रासस

प्रकाशित मिति : १० जेष्ठ २०७५, बिहिबार ००:००