६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सैनामैना नगरपालिकामा फोहरमैला व्यवस्थापन शुरु



 

८ जेठ, रुपन्देही ।
रुपन्देहीको सैनामैना नगरपालिकामा निजी क्षेत्रसँग सम्झौता गरेर विभिन्न प्रकारका फोहरमैलाको व्यवस्थापन हुन थालेको छ । वातावरणीय सुन्दर नेपाल प्रालि, बुटवलसँग भएको सम्झौता अनुसार सड्ने फोहरमैला सातामा दुई पटक र नसड्ने १० दिनमा एक पटक उठाइने नगरपालिकाका प्रमुख चित्रबहादुर केसीले जानकारी दिए ।

फोहरमैला व्यवस्थापनका लागि नगरपालिका क्षेत्रका मुख्य बजार मुर्गिया, सालझण्डी र कलौनीमा पहिलो चरणमा नै सरसफाइ गरिने र त्यसलाई अन्य विभिन्न ठाउँमा निरन्तरता दिइने बताइएको छ ।

नगरपालिका प्रमुख केसीले फोहरमैला व्यवस्थापनका लागि ३० देखि १ हजार ५०० सम्म शुल्क लिएर २० लिटरको फोहर राख्ने भाँडो प्रयोगमा ल्यायने जानकारी दिँदै फोहर व्यवस्थापन गर्न निजी क्षेत्रलाई २ लाख ७५ हजार दिने सहमति भएको बताए । नगरका विभिन्न टोल विकास संस्थालाई तत्काल दुई हजार ५०० फोहर राख्ने भाँडो अनुदानमा वितरण हुने र थप २ हजार ५०० पुनः वितरण हुने जनाइएको छ ।

“नगरको सौन्दर्य सभ्यताको सूचक हो, त्यसैले यसलाई सबैले आत्मसात् गर्नुपर्छ” उनले भने । नगरप्रमुख केसीले प्लाष्टिकजन्य फोहर जलाउनसमेत उपभोक्तालाई रोक लगाइएको उल्लेख गर्दै कसैले अटेर गरे जरिवाना गरिने बताए । नगरपालिकामा एक सातामा १५ क्विन्टल फोहरमैला सङ्कलन हुन्छ ।
रासस

प्रकाशित मिति : ८ जेष्ठ २०७५, मंगलबार ००:००