११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुटवल उपमहानगरपालिकाद्वारा ग्राभेल र कालोपत्रे सडक अनुगमन



 

७ जेठ, रुपन्देही ।
बुटवल उपमहानगरपालिकाले सडकको स्तरोन्नतिका क्रममा भइरहेका ग्राभेल, कालोपत्रे र नाली निर्माणका कामलाई टिकाउ र गुणस्तरीय बनाउन निर्माण व्यवसायीलाई निर्देशन दिएको छ ।

उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्य सहितको प्राविधिक टोलीले वडा नं ९, ११ र १३ का ग्राभेल र कालोपत्रे भइरहेका विभिन्न सडक अनुगमन गर्दै सो निर्देशन दिएको हो ।

जाँच पास तथा फरफारक समितिका संयोजकसमेत रहेकी उपप्रमुख आचार्यले स्थानीय उपभोक्तालाई पनि निरन्तर निगरानी गर्न आग्रह गर्दै पूर्वाधार निर्माणका काममा उपभोक्ताको निगरानी जरुरी रहेको र कुनै पनि संरचना टिकाउ र गुणस्तरीय बनाउनु पर्नेमा जोड दिए । स्थानीयवासी युवा हरि पंगेनीले निर्माणका काममा आफूहरुले पालो बाँडेर निगरानी गरेको जानकारी दिए ।

देवीपथको सडक ३२४ मिटर लामो सडकका लागि ७८ लाख ७२ हजार ६०० विनियोजन गरिएको थियो । उपभोक्ताको समेत लागत र सहभागितामा बुटवलमा अरु कैयौँ सडकको स्तरोन्नति भइरहेको छ ।
रासस

प्रकाशित मिति : ७ जेष्ठ २०७५, सोमबार ००:००