१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भयरहित निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाऊ– प्रधानमन्त्री



काठमाडौँ, ५ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भयरहित ढङ्गबाट स्वच्छ र निष्पक्ष निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्री, नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धानका प्रमुख दिलीप रेग्मीलाई मंगलबार बालुवाटार बोलाएर आपसमा आवश्यक समन्वय गरी सुरक्षा व्यवस्थापन गर्न निर्देशन दिएका हुन् ।

वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनका सम्बन्धमा गरिएको सुरक्षा तयारीबारे जानकारी लिएको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

भेटमा सुरक्षा अंगका प्रमुखहरूले देशमा शान्ति सुरक्षाको अवस्था सामान्य रहेको बताउँदै निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकाय पूर्णतः सक्षम रहेको र निर्वाचन सुरक्षाको तयारी गरिरहेको जानकारी गराएका थिए । रासस

प्रकाशित मिति : ५ बैशाख २०७४, मंगलबार ००:००