७ माघ २०८१, सोमबार | Tue Jan 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गगनगौंडा–सेराबेँसी जाेड्ने तालखोलामा पक्की पुल निर्माणको पहल शुरु



 

५ जेठ, पोखरा ।
कास्कीको पोखरा लेखनाथ महानगरपालिका–३२ गगनगौंडा र तनहुको शुक्लागण्डकी नगरपालिका–१ सेराबेँसी जोड्न तालखोलामा पक्की पुल निर्माणको पहल शुरु गरिएको छ । पुलको अभावमा लामो समयदेखि विकासको ओझेलमा परेका सेराबेँसी सहित थप्रेक र आसपासका क्षेत्रको विकासलाई लक्षित गरी स्थानीयवासीको सक्रियतामा पुल निर्माणको पहल शुरु गरिएको हो ।

स्थानीय समाजसेवी एवं हंशबाहिनी माध्यमिक विद्यालयका शिक्षक ठाकुरप्रसाद खनालका अनुसार पुल निर्माणका लागि तीन वर्षअघि माटो परीक्षण गरिएकोमा ७५ मिटर लम्बाइको पुल निर्माण गर्न सकिने प्रतिवेदन तयार भएको थियो । पुलकै अभावमा कृषियोग्य सेराबेँसी फाँटका उत्पादनले सहज बजार पाउन नसकेको बताउँदै उनले थर्पेक र आसपासका स्थानीयवासीलाई आवतजावतमा पनि निकै कठिनाइ भएको बताए ।

यसैबीच पुल निर्माणकै सन्र्दभमा तालखोला मितेरी पुल निर्माण उपभोक्ता समितिको पहलमा प्रदेश सरकारको ध्यानाकर्षण गराउने लक्ष्यका साथ उक्त पुल क्षेत्रसँग सरोकार राख्ने प्रदेशसभा सदस्यसँग अन्तरक्रिया गरिएको छ ।

अन्तरक्रियामा प्रदेशसभा सदस्य दीपक कोइरालाले पुल निर्माणसँगै तनहुँका सेराबेसी, थप्रेकलगायतका स्थान पृथ्वीराजमार्गसँग प्रत्यक्ष जोडिने भएकोले यसको निर्माणलाई प्राथमिकता दिइनुपर्ने बताए । पुलले सेराबेसी र आसपासका क्षेत्रको पोखरासँग सहज पहुँच बढाउनुका साथै यहाँको बजार विस्तारमा पनि सहज बन्ने उनले बताए ।

प्रदेशसभा सदस्य आशा कोइरालाले प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमा आवश्यक पहल गर्न उपभोक्ता समितिलाई आग्रह गर्दै त्यसमा आफूले सक्दो सहयोग गर्ने विश्वास व्यक्त गरे । शुक्ला गण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले पुल निर्माण गर्न सकेमा पर्यटकीयस्थल थप्रेक पुग्न निकै सहज बन्ने धारणा राखे ।

कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका ३२ का अध्यक्ष अक्कलबहादुर कार्की, उपभोक्ता समितिका अध्यक्ष डिल्लीराम अधिकारी, सचिव विष्णु तिवारी लगायतले पुल निर्माण यहाँको अपरिहार्य आवश्यकता भएको बताउँदै त्यसका लागि प्रदेश सरकारले तदारुकता देखाउनुपर्नेमा जोड दिए ।
रासस

प्रकाशित मिति : ५ जेष्ठ २०७५, शनिबार ००:००