१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तोकिएकै मितिमा निर्वाचन हुन्छ : उपप्रधानमन्त्री थापा



वैशाख ४, भीमदत्तनगर– उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुनेमा शंका नगर्न आग्रह गरेका छन् ।

सोमबार बिहान कञ्चनपुरको भीमदत्तनगरमा नगरपालिका र गाउँपालिकाका कार्यकारी अधिकृतहरुलाई आवश्यक निर्देशन दिँदै उपप्रधान तथा स्थानीय विकासमन्त्री थापाले निर्वाचनको तयारीमा द्रुत गतिमा जुट्न निर्देशन समेत दिए ।

जिल्ला समन्वय समितिमा आयोजित कार्यक्रममा बोल्दै जनशक्ति अभावका विच पनि कर्मचारीहरुले काम गरिरहेको र छिट्टै नयाँ संरचना अनुसार कर्मचारी व्यवस्थापन गर्ने बताउदै मन्त्री थापाले भने, “जनताको काममा सशक्त ढङ्गबाट जुट्नुहोस्” ।

उक्त कार्यक्रममा कञ्चनपुरका सात नगरपालिका र दुईवटा गाउँपालिकाका कार्यकारी प्रमुखहरुको उपस्थिति रहेको जिल्ला समन्वय समितिको कार्यालय, कञ्चनपुरका कार्यकारी सचिव प्रेम बोगटीले जानकारी दिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी आमसभालाई सम्बोधन गर्न उपप्रधान तथा स्थानीय विकासमन्त्री थापा सहित राप्रपाको पार्टी नेतृत्व भीमदत्तनगर आइपुगेको छ । रासस

प्रकाशित मिति : ४ बैशाख २०७४, सोमबार ००:००