२४ वैशाख, नवलपरासी ।
पूर्वी नवलपरासीको पहाडी क्षेत्रअन्तर्गत हुप्सेकोट झ्यालबास बर्सेनी रुचाङ्ग हुँदै डेढगाउँ बुङ्गदीकाली सम्मको सडकको ट्र्याक खोलिएको छ ।
चालु आर्थिक वर्ष २०७४÷७५ मा हुप्सेकोट र बुङ्गदाकाली गाउँपालिकाको क्रमशः ६०÷६० लाख खर्च गरेर सडकको ट्र्याक खोलिएको हुप्सेकोट गाउँपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत छत्रबहादुर अधिकारीले जानकारी दिए ।
सो ट्र्याक खोलिपछि पहाडी क्षेत्रको तीनवटा स्थानीय तह हुप्सेकोट, बुङ्गदीकाली र बुलिङ्टार गाउँपालिका ९साबिक १३ गाविस० का जनतालाई राजमार्गसम्म आउन र उत्पादित वस्तुलाई बजारसम्म ल्याउन निकै सजिलो हुनेछ ।
पहाडी क्षेत्रमा सबैभन्दा बढी सडक पूर्वाधारको समस्या रहेकाले सो समस्या केही भए पनि समाधान गर्न र पहाडी क्षेत्रका जनतालाई पनि सदरमुकाम सम्म आउन सजिलो होस् भन्ने उद्देश्यले सो पहाडी क्षेत्रको ट्र्याक खोलिएको हम्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले जानकारी दिइन् ।
पहाडी क्षेत्रको प्रमुख वैकल्पिक बाटोका रुपमा विकाससँगै प्रदेश नं ४ मा खोलिएको सो ट्र्याक तनहुँ हुँदै राजधानी पोखरा पुग्न सबैभन्दा सजिलो र भरपर्दो वैकल्पिक सडकका रुपमा विकास गर्न सकिन्छ ।
रासस
प्रतिक्रिया