५ बैशाख २०८१, बुधबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लिङचुङबुङ गाउँपालिकामा घुम्ती शिविर सञ्चालन



२४ बैशाख, गाईघाट । उदयपुरको मध्यपहाडी क्षेत्रको लिङचुङबुङ गाउँपालिकासहित विभिन्न ग्रामिण क्षेत्रमा २ दिने घुम्ति सिविर सञ्चान गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय उदयपुर र लिङचुङबुङ गाउँपालिकाको आयोजनामा सञ्चालित शिविरमा नागरिकता प्रमाणपत्र वितरण, स्वास्थ्य चेकजाँच, पशुसेवा, मल बीउबिजन वितरणसहितका सेवा उपलब्ध गराइएको छ ।

जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रशासकीय अधिकृत कुमार खड्काको नेतृत्वमा गएको टोलीले करिब ३ सय १० जनालाई नागरिकताको प्रमाणपत्र वितरण गरेको छ । साथै जिल्ला निर्वाचन कार्यालय उदयपुरले २ सय ५१ जनाको फोटो सहितको मतदाता नामावली सूची तयार गरिएको लिङबुङचुङ गाउँपालिकाका अध्यक्ष मेजर राईले बताए ।

यस्तै जिल्ला कृषि विकास कार्यालयका टोलीले ९५ जना कृषकलाई आधुनिक प्रजातिका बीउबिजन वितरण गरेको छ भने महिला तथा बालबालिका कार्यालयले १८ जना अपाङ्गता भएकालाई परिचयपत्र दिने सिफारिस गरेको छ ।

यस्तै जिल्ला जनस्वास्थ्य कार्यालयका टिमले २ सय १० जनाको स्वास्थ्य चेकजाँच र केहीको उपचारसमेत गरेको छ । घुम्ती शिविरमा जाँते, बलाम्ता, बराह, बाँसबोटे, ताम्लिछा, इनामेलगायतका ग्रामीण भेगका जनताले सेवा प्राप्त गरेका थिए । रासस

प्रकाशित मिति : २४ बैशाख २०७५, सोमबार ००:००