९ बैशाख २०८१, आइतबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालीगण्डकीमा पक्की पुलहरू निर्माण हुँदै



 

२३ बैशाख, रामपुर । पाल्पाका विभिन्न स्थानबाट अन्तर जिल्ला जोड्ने गरी कालीगण्डकीमा करोडौँ रुपैयाँ लागतका मोटरेबल पुल निर्माण भइरहेका छन् ।

कालीगण्डकीमा पाल्पादेखि स्याङ्जा, तनहुँ जिल्ला जोड्ने गरी पुल योजना पश्चिम सेक्टर ४ पाल्पाको प्राविधिक रेखदेखमा निर्माणधीन अवस्थामा छन् ।

सेक्टरका प्रमुख कृष्णप्रसाद ढुंगानाका अनुसार जिल्लाको हँुगी, रानीघाट, पुट्टारघाट, गेझाको बर्दलेघाटमा २ वर्षभित्र निर्माण कार्य पूरा हुने र यम्घाको दर्पुकघाट निर्माणका लागि डिजाइनको चरणमा छ ।

कालीगण्डकी किनाराका जनतालाई सहज रुपमा आवतजावत गर्न र यातायातले जोडिसकेकाले कृषि उपज सहज रुपमा बजार पु¥याउनका लागि यस्ता पुलहरुले सहयोग पुग्नेछ । पक्की पुल निर्माण पूर्व केही स्थानमा झोलुङ्गे पूल भए पनि ती पुल पुराना र जीर्ण भएकाले पक्की पुल आवश्यक रहेको स्थानीयवासी बताउँछन् ।

कार्यालयका अनुसार हुँगीको असेर्दीघाटमा निर्माणको चरणमा रहेको पुलको लागत १ करोड ५२ लाख रुपैयाँ छ । यो पुलको निर्माण आगामी असारमा सम्पन्न हुनेछ ।

यसैगरि रानीघाटमा निर्माण हुँदै गरेको पूलको लागत १ करोड ९० लाख रुपैयाँ छ । तनहुँ पाल्पा जोड्ने पुट्टारघाट्टा पुलको लागत २ करोड ४७ लाख रुपैयाँ छ भने २ बर्षभित्रै निर्माण सम्पन्न गरिसक्ने लक्ष्य छ ।

५ करोड ४० लाख रुपैयाँ लागतको गेझाको वर्दले र यम्घाको दर्पुकमा पुलको डिजाइन पनि अन्तिम चरणमा पुगेको छ । दर्पुक अझै पनि डुंगाबाट नै वारपार गर्नुपर्ने बाध्यता छ । रासस

प्रकाशित मिति : २३ बैशाख २०७५, आइतबार ००:००