२० वैशाख, कञ्चनपुर ।
कृष्णपुर नगरपालिकाले एकैसाथ दशवटा सडक दुई करोड ६२ लाखको लागतमा कालोपत्रेको कार्य अगाडि बढाएको छ । जनप्रतिनिधि आएपछि पहिलो पटक नगरपालिकाका ती सडक स्तरोन्नतिको कार्य गरी कालोपत्रे हुन लागेका हुन् ।
गुलरियादेखि मालुवेला जाने सडक ४० लाख, बाणी–नन्दीपुर जाने सडक २५ लाख, लम्वागडैया जाने सडक २७ लाख र जनउत्थान जाने सडक २० लाखको लागतमा कालोपत्रे भइरहेको नगरपालिकाका इञ्जिनियर चूडामणि कलौनीले बताए ।
बालुवाफाँटा जाने सडक, बाणी मुक्तकमैया शिविर जाने सडक, गडविजुला ताल हुँदै जाने सडक, बाणी बजार पश्चिम हुँदै जाने सडक, ओखलफाँटा जाने सडक र कृष्ण मावि हुँदै जाने कृषि सडक कालोपत्रेको कार्य अगाडि बढेको उनले बताए ।
प्रतिसडक लागत मूल्य २५ लाख रहेको छ । कालोपत्रेको कार्य शुरु गरिएका सडक निर्माणको कार्य क्रमागतरुपमा अगाडि बढाउने लक्ष्य लिइएको छ । नगरपालिकालाई १५ वर्षभित्रै समृद्ध बनाउनका लागि सडक स्तरोन्नतिको कार्यमा जोड दिइएको छ ।
रासस
प्रतिक्रिया