१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुई दलद्वारा उम्मेदवार तय



नेपालगन्ज, । नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचनमा कोहलपुर नगरपालिकाअन्तर्गतका वडाहरूमा उम्मेद्वार सार्वजनिक गरेको छ ।

वडा नं १ मा गोपी खनाल, २ मा कर्णसिंह बिसी, ६ मा श्रीराम थारु, ७ मा चित्रबहादुर बोहोरा, ८ मा रेशम खत्री, ९ मा जीवलाल गिरी, १० मा पटवारी थारु, ११ मा कर्णबहादुर थापा,१३ मा ओमप्रकाश वली र १५ मा रामनारायण थारुलाई निर्वाचन टिकट दिइएको छ ।

यसैगरी जनमोर्चाले उपमहानगरपालिका र केही गाउँपालिकाका प्रमुखको उम्मेदवारी टुङ्गो लगाएको छ । प्रमुख पदमा नेपालगन्ज उपमहानगरपालिकामा किरणराज पाण्डे र कोहलपुर नगरपालिकामा बालकुमारी आचार्य तथा अध्यक्षमा खजुरा गाउँपालिकामा मोमिना खातुन, राप्तीसोनारी गाउँपालिकामा राजु चौधरी, नरैनापुर गाउँपालिकामा नूर मोहम्मद खाँ र डुडुवा गाउँपालिकामा शैजादअहिल नाउ उम्मेदवार बन्नेछन् ।

स्थानीय निकाय तहको निर्वाचनमा निर्वाचनमा बाँके जिल्लामा २ लाख ४६ हजार ७८ मतदाता छन् । जिल्लाका एक उपमहानगरपालिका, एक नगरपालिका र छ गाउँपालिकामा एक लाख २५ हजार ९३९ पुरुष, १ लाख २० हजार १४१ महिला र एक तेस्रो लिङ्गी मतदाता छन् ।

यहाँको क्षेत्रीय निर्वाचन कार्यालयका अनुसार यो मतदाता संख्या दोस्रो संविधानसभाको चुनावको भन्दा ४४ हजार बढी हो । “दोस्रो संविधानसभाको सदस्य निर्वाचनमा २ लाख ९ हजार १६७ मतदाता थिए”, निर्वाचन अधिकारी वसन्तराज अधिकारीले भने । रासस

प्रकाशित मिति : २ बैशाख २०७४, शनिबार ००:००