११ माघ २०८२, शनिबार | Sat Jan 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारले पठाएको ठाउँमा कर्मचारी जानैपर्छः मन्त्री पण्डित



१४ वैशाख, लुम्बिनी ।
संघीय मामिला तथा सामन्य प्रशाशनमन्त्री लालबाबु पण्डितले सरकारले तोकेको ठाउँमा राष्ट्रसेवक कर्मचारी जानुपर्ने बताएका छन् । मन्त्री पण्डितले राष्ट्रसेवक कर्मचारीले जागिर खाने बेलामा सरकारले तोकेको जुनसुकै ठाउँमा पनि जान्छु भनेर शपथ खाएको स्मरण गराउँदै सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही गरिने बताए ।

मन्त्री पण्डितले सरकारले तोकेको स्थानमा नजाने कर्मचारीलाई जागिरबाट राजिनामा दिएर निजी व्यवसाय शुरु गर्न सुझाव समेत दिए । लुम्बिनी प्रेस क्लबले भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री पण्डितले सरकारले खटाएको स्थानमा नजाने कर्मचारी राष्ट्रसेवक हुनै नसक्ने भन्दै त्यस्ता कर्मचारीले राजीनामा दिएर अन्य व्यवसाय गरे सरकारलाई कुनै आपत्ति नहुने बताए ।

कपिलवस्तु जाने क्रममा विमानस्थलमा आयोजित कार्यक्रममा मन्त्री पण्डितले वैशाख १८ गतेसम्म कर्मचारीलाई १५ ठाउँ रोज्ने अवसर दिएको जनाउँदैं त्यसमा भाग नलिए पनि सरकारले खटाएको ठाउँमा जानैपर्ने बताए ।

उनले कर्मचारी समायोजनका नाममा कर्मचारीले एक तह बढाउन माग गरेको उल्लेख गर्दै सरकारले अहिले कर्मचारीको तह वृद्धि गरेर समायोजन गर्न नसक्ने बताए । “राष्ट्रसेवक कर्मचारी भए सरकारले खटाएको ठाउँमा जानुपर्दछ होइन भने जागिर छाडेर निजी जीवन बिताए हुन्छ” मन्त्री पण्डितले भने ।
रासस

प्रकाशित मिति : १४ बैशाख २०७५, शुक्रबार ००:००