१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महानगरपालिकावासी सामान्य स्वास्थ्य सेवाबाट वञ्चित



१४ वैशाख, ललितपुर ।
ललितपुर महानगरपालिकावासी सामान्य स्वास्थ्य सेवाबाट समेत वञ्चित भएका छन् । महानगरपालिका क्षेत्रमा प्राथमिक स्वास्थ्य केन्द्र सरहका स्वास्थ्य संस्था समेत नहुँदा महानगरपालिकावासी सरकारले उपलब्ध गराएका स्वास्थ्य सेवाबाट वञ्चित भएका हुन् ।

उपमहानगरापलिका हुँदादेखि नै स्थानीयवासीले नगर अस्पतालको माग गर्दै आएका थिए । महानगरपालिका हुँदासम्म पनि स्वास्थ्य चौकीसरहका स्वास्थ्य संस्थामात्रै छन् ।

ललितपुर स्वास्थ्य सञ्जालका अध्यक्ष पुरुषोत्तम कार्की महानगरपालिकावासी उपचारका लागि काठमाडौंका सरकारी अस्पताल वा यहीका निजी अस्पताल जान बाध्य भएको बताउछन् । उनी भन्छन्, “महानगरपालिकाभित्र स्वास्थ्य मन्त्रालय अन्तर्गतका जिल्ला अस्पताल वा प्राथमिक स्वास्थ्य केन्द्र छैनन् ।”

महानगरपालिकामा नगरस्तरको स्वास्थ्य संस्था नहुँदा सबैभन्दा असर मातृ–शिशु स्वास्थ्यमा परेको छ । महानगर क्षेत्रमा रहेका २० वटा मातृ शिशु क्लिनिक छन् । यी क्लिनिकले ‘बर्थिङ सेन्टर’ चलाएकामा सिफारिस गरेर बिरामी कहाँ पठाउने भन्ने समस्या छ । कार्की भन्छन्, “जटिल समस्या आउँदा कि प्रसूति गृह वा किष्ट अस्पतालमा पठाउने गरिन्छ ।” आर्थिक रुपमा सम्पन्न निजी स्वास्थ्य संस्थामा गए पनि शहरी गरीब सरकारी स्वास्थ्य संस्था नहुँदा समस्यामा छन् ।

जनप्रतिनिधिले निर्वाचनका क्रममा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने प्रतिबद्धता जनाएका थिए । उनी भन्छन्, “जनप्रतिनिधिले एक वर्षमात्रै काम गरेकाले अझै आशा गर्ने समय छ ।” लामो समयदेखि जिल्ला अस्पतालको सुविधा लिएको पाटन अस्पतालले ‘आमा सुरक्षा कार्यक्रम’ समेत लागू गरेको छैन ।
रासस

प्रकाशित मिति : १४ बैशाख २०७५, शुक्रबार ००:००