१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विद्यार्थी भर्ना शून्य भएपछि विद्यालय बन्द



१३ वैशाख, रामपुर– पाल्पा ।
पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा विद्यार्थी भर्ना शून्य भएपछि एक विद्यालय बन्द गरिएको छ । सिद्ध प्राथमिक विद्यालयमा यस शैक्षिक सत्रमा एक जना पनि विद्यार्थी भर्ना हुन नआएपछि विद्यालय बन्द गरिएको हो ।

रम्भा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, शिक्षा शाखा प्रमुख गुणाराम खनाल लगायतको टोलीले अनुगमन पछि सो विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

सो ठाउँका अभिभावक, शिक्षक, जनप्रतिनिधि लगायत सरोकारवालाको समन्वय र समझदारीमा सिद्ध प्राविलाई बन्द गराई यहाँ अध्ययनरत एक मात्र विद्यार्थी अमृत विकलाई छिमेकी विद्यालय भवानी प्राविमा सारिएको स्थानीयवासी एवत सारुले जानकारी दिए ।
रासस

प्रकाशित मिति : १३ बैशाख २०७५, बिहिबार ००:००