६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महोत्तरीमा दुई सय ५६ मतदान केन्द्र तोकियो



गौशाला, ३० चैत । स्थानीय तहको निर्वाचनका लागि महोत्तरी जिल्लामा दुई सय ५६ मतदान केन्द्र तोकिएको छ ।

बर्दिबास, गौशाला र जलेश्वर ३ नगरपालिका र १२ गाउँपालिका रहेको महोत्तरीमा यसअघि दुई सय ३३ मतदान केन्द्र रहेकामा २५ मतदान केन्द्र थप, पाँच संशोधन र दुईवटा खारेज गरिएको जिल्ला निर्वाचन अधिकारी पिङ्की रायले बताए ।

प्रजिअ वीरेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले निमावि पर्सादेवाड, क्लब भवन मधेपुरा मतदान केन्द्रलाई खारेज गरेको र गौरीबास, रतौलीलगायत पाँचवटा मतदान केन्द्र संशोधन गरी जम्मा दुई सय ५६ मतदान केन्द्र कायम गरिएको हो ।

महोत्तरीमा तीन लाख आठ हजार चार सय दुई मतदाता रहेका छन् । रासस

प्रकाशित मिति : ३० चैत्र २०७३, बुधबार ००:००