१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आगामी वर्षमा पुरातात्विक सम्पदा पुनःनिर्माण गरिसक्नेः मन्त्री अधिकारी



१२ वैशाख, काठमाडौं ।
पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले हनुमानढोकास्थित ‘भग्नावशेषबाट पुनरुत्थान’ प्रदर्शनी कक्ष शुभारम्भ गरेका छन् ।

हनुमानढोका दरबार संग्रहालय विकास समितिले बनाएको उक्त कक्ष शुभारम्भ गर्दै उनले आगामी वर्षमा भूकम्पबाट क्षति भएको पुरातात्विक सम्पदाको पुनः निर्माण गरिसक्ने बताए ।

भूकम्पपछि सम्पदाको पुनःनिर्माणले गति लिन नसकेकमा अबदेखि कार्ययोजना बनाई अघिबढ्नेमा जोड दिंदै मन्त्री अधिकारीले दुई वर्ष बित्न लाग्दा पनि धरहरा र काष्ठमण्डप बन्न नसक्नु दुःखद भएको बताए ।

पुनःनिर्माणमा बिगतको सरकारले काम गर्न सकेको थिएन तर अब स्थायी सरकार भएकाले पुनःनिर्माणलाई तीव्रता दिइने र यस्ता काममा प्रतिपक्षलाई पनि संगै लिएर जाने उल्लेख गरे ।

कार्यक्रममा काठमाडौंमा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पुनःनिर्माणको कामले सोचजस्तो प्रगति हासिल गर्न नसकेको बताए ।

शताब्दी पुरुष सत्यमोहन जोशी पुर्खाले बनाएको सम्पदा संरक्षण गर्नुपर्ने भएकाले भूकम्पबाट क्षति भएका सम्पदा पनि चाँडो बनाउनुपर्नेमा जोड दिए । करीब २८ लाखको लागतमा निर्मित कक्षमा भूकम्प र भूकम्पपछिको उद्धारसम्बन्धी फोटा, भूकम्पपछि काठमाडौँमा उत्खनन गरिएका पुरातात्विक फोटा राखिएका छन् ।

सोही अवसरमा मन्त्री अधिकारीले हनुमानढोकास्थित प्रताप मल्लको पुनःस्थापित शालिकसमेत अनावरण गरे । भूकम्पबाट ढलेको सालिकको पुनःनिर्माण ललितपुर मंगलबजारका कलाकार बुबा श्याम डंगोल र छोरा कपिल डंगोलले गरेका हुन् ।
रासस

प्रकाशित मिति : १२ बैशाख २०७५, बुधबार ००:००