१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचन देशकै भविष्य कोर्ने एक अवसर: आयुक्त पौडेल



पोखरा, ३० चैत । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले स्थानीय तहको निर्वाचन देशकै भविष्य कोर्ने एक अवसर भएको बताएका छन् ।

पश्चिमाञ्चल विकासक्षेत्र अन्तर्गत पाँच जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि बुधवार देखि सुरु भएको ‘दोस्रो चरणको निर्वाचन व्यवस्थापन तथा सञ्चालन’ विषयक क्षेत्रीय प्रशिक्षण उद्घाटन गर्दै उनले यो ऐतिहासिक जिम्मेवारी विगतमा झै कुशलताका साथ पूरा गर्न आग्रह गरे ।

अघिल्ला निर्वाचनहरूलाई अन्तर्राष्ट्रिय जगतले प्रशंसा गर्ने गरेको उल्लेख गर्दै आयुक्त पौडेलले स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढंगले निर्वाचन सम्पन्न गरेर एक उदाहरणीय बन्नुपर्नेमा जोड दिए ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जुनसुकै निर्वाचन सम्पन्न गर्न आयोगलाई १ सय २० दिन आवश्यक पर्ने भए पनि जम्मा ८३ दिनबाट काम सुरु गरिएको यो निर्वाचनको समयलाई सदुपयोग गरी जिम्मेवारी बोधका साथ काम गर्न सहभागीसँग आग्रह गरे ।

पोखरा उच्च अदालतका मुख्य न्यायाधीश कुमार चुडालले राष्ट्रसेवक कर्मचारीले चुनौतीलाई अवसरका रुपमा लिई काम गर्नुपर्ने धारणा राखे । दुईदिने सो कार्यक्रममा अर्घाखाँची, गुल्मी, स्याङ्जा, नवलपरासी र रुपन्देहीका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत गरी ६२ जनाको सहभागिता छ । रासस

प्रकाशित मिति : ३० चैत्र २०७३, बुधबार ००:००