११ वैशाख, काठमाडौं ।
काठमाडौं महानगरपालिकाको न्यायिक समितिमा अहिलेसम्म आएका सबै मुद्दा फैसला भइसकेका छन् । कामपाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा गत असारमा गठन भएको कामपाको न्यायिक समितिमा हालसम्म ६० वटा मुद्दा आएका थिए ।
आएका सबै मुद्दा फैसला भइसकेको कामपाका उपप्रमुख श्रेष्ठले जानकारी दिइन् । उनले भनिन् “दैनिक सरदर पाँच देखि सात वटा सम्म मुद्दा आउने गरेको छ, ती सबै तत्काल फैसला हुन्छन् ।” श्रीमान् श्रीमतीबीचको सम्बन्धबिच्छेद, लामो समय भाडामा बस्ने र भाडा नदिई कोठा छोड्ने, छिमेकीले बाटो मिचेको जस्ता मुद्दा आउने गरेको कामपाले जनाएको छ ।
संयोजकमा उपप्रमुख खड्गी, सदस्यमा वडा नम्बर ३१ का सदस्य सरोज ढकाल, वडा नम्बर १६ का दलित महिला सदस्य बबि परियार रहेका छन् । गतबर्ष वैशाखमा स्थानीय तहको निर्वचनपछि मात्र कामपाको न्यायिक समिति गठन भएको हो ।
रासस
प्रतिक्रिया