१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जडीबुटी प्रशोधन उद्योग स्थापना



१० वैशाख, इलाम ।
इलामको माईजोगमाई गाउँपालिकाका युवा व्यवसायी नित्यानन्द दाहालले आफ्नै लगानीमा जडीबुटी प्रशोधन उद्योग स्थापना गरेका छन् ।

स्थानीय वन तथा निजी आवादीमा पाइने धुपी र धसींगरे लगायतका वनस्पतिबाट औषधीय गुण भएका तेल निकालेर बिक्री गरी अर्थोपार्जन गर्ने उद्देश्यले दाहालले १६ लाखको लगानीमा ओसोनिक जुडीबुटी प्रशोधन उद्योग स्थापना गरेका हुन् ।

उक्त उद्योगमा वनमा खेर गइरहेका धुपी, धसींगरे बाहेक मेन्या क्यामोमाइल जस्ता सुगन्धित जडीबुटीको प्रशोधन गरिरहेको दाहालले बताए । धुपीबाट उत्पादित तेल बाथको रोग भएका र ढाड दुख्ने आदि समस्या भएका व्यक्तिलाई उपयोगी हुने बताइएको छ ।

यस्तै मेन्थाको तेल दाँत दुख्ने, मुख र पेटको समस्यामा उपयोगी हुने छ । यस्तै जडीबुटीबाट प्रशोधित तेल पर्फ्युम ९अत्तर० बनाउन पनि उपयुक्त रहेको छ ।

विदेशमा महँगो मूल्यमा निर्यात गर्न सकिने यस्ता जडीबुटीजन्य तेलको माग उच्च भए पनि बजार पूर्णरूपमा पाउन नसकेको दाहालले बताए । उनले निजी आवादीमा मेन्था, धुपी, धसींगरे, टिमुर जस्ता वनस्पतिको संरक्षण र सम्वर्द्धन गर्न स्थानीयलाई समेत आग्रह गरेका छन् ।
रासस

प्रकाशित मिति : १० बैशाख २०७५, सोमबार ००:००