१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुकुममा एक लाख मतदाता



रुकुम, ३० चैत । स्थानीय तहको निर्वाचनमा रूकुम जिल्ला बाट १ लाख १ हजार ९३२ मतदाताले मतदान गर्न पाउने भएका छन् ।

निर्वाचन कार्यालयका अनुसार जिल्लाका ३ नगरपालिका र ६ गाउँपालिकामा ५१ हजार १५३ महिला र ५० हजार ७७८ पुरुष मतदाताले मतदान गर्न पाउँनेछन् । यहाँ पुरुष भन्दा महिला मतदाताको सङ्ख्या बढी छ ।

जिल्ला निर्वाचन कार्यालयबाट एक लाख पाँच हजार ४३० मतदाताको सिफारिस गरेर पठाए पनि आयोगबाट तीन हजार ४९९ जनाको घटाएर अन्तिम नामावली पठाएको जिल्ला निर्वाचन अधिकृत कमलमणि देवकोटाले बताए । २०७० को संविधानसभा निर्वाचनमा भन्दा यसपटक १५ हजार ४६० मतदाता बढेका छन् । त्यतिबेला ८६ हजार ४६३ मतदाता थिए ।

यहाँको ग्रामीण क्षेत्रमा धेरैले मतदाता सूचीमा नाम भर्न छुटाएका बताइएको छ । पायक पर्ने ठाउँमा मतदान केन्द्र नभएको र रोजगारीका सिलसिलामा विदेशमा रहेका कारण भोट हाल्नेको सङ्ख्या कम हुनसक्ने अनुमान गरिएको छ । रासस

प्रकाशित मिति : ३० चैत्र २०७३, बुधबार ००:००