१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं महानगरको प्रमुख प्रशासकीय प्रमुखमा सचिव कोइराला



 

७, बैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा नेपाल सरकारका सचिव यादवप्रसाद कोइरालाले पदबहाली गरेका छन् । यसअघि सरकारले सहसचिवस्तरका कर्मचारीलाई मात्र महानगरको यस पदमा पठाउँदै आएको थियो ।

पदबहाली पछि बोल्दै सचिव कोइरालाले कार्यालय समयमा इमान्दारिताका साथ काम गर्न, नागरिकलाई दुःख नदिन र ‘महानगर म आफैँ बनाउँछु’ भनेर प्रतिबद्धता जनाउन सबैलाई आग्रह गरे ।

विविधतापूर्ण महानगरमा एकीकृत र योजनाबद्ध सेवा दिन र जनप्रतिनिधिले बनाएका नीति कार्यान्वयन गर्न सदैव तत्पर रहनुपर्नेमा पनि उनले जोड दिए । नेपाल सरकार मन्त्रीपरिषद्को चैत २० गते निर्णयअनुसार कोइरालाले गत सोमबार महानगरमा पदबहाली गरेका हुन् ।

महानगरको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्माको सरुवा भएसँगै कोइराला खटिएका हुन् । रासस

प्रकाशित मिति : ७ बैशाख २०७५, शुक्रबार ००:००