१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुर्घटनामा चौरजहारी नगरपालिकाका नगर प्रमुख गम्भीर घाइते



४ वैशाख, रुकुम ।
रुकुम चौरजहारी नगरपालिकाका प्रमुख विशाल शर्मा सहित छ जना दुर्घटनामा परी गम्भीर घाइते भएका छन् । चौरजहारीबाट खोलागाउँतर्फ जाँदै गरेको भे १ झ २४३ नं को गाडी मेलैनाउलीमा दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् ।

घाइते हुनेहरुमा चौरजहारी नगरपालिका ५ का ४५ वर्षीय रामलाल शर्मा, ४३ वर्षीय लोकेन्द्र परियार, वडा नं। ३ का तेजबहादुर बटाला, वडा नं ४ का कमला बुढाथोकी, वडा नं २ का पार्वती न्यौपाने र वडा नं ७ का रामप्रसाद आचार्य छन् ।

गाडीको ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ । गम्भीर घाइते भएका प्रमुख शर्माको बायाँ हात र निधारमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

उनीहरुको उपचार चौरजहारी मिशन अस्पतालमा भइरहेको छ भने गम्भीर घाइते भएका प्रमुख शर्मालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।
रासस

प्रकाशित मिति : ४ बैशाख २०७५, मंगलबार ००:००