२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुरुयोजना बनाउँदै बेनी नगरपालिका



२१ चैत, बाबियाचौर– म्याग्दी ।
बेनी नगरपालीकाले गुरुयोजना तर्जुमा गर्दैछ । नगर क्षेत्रको समस्या र आवश्यकता पहिचान गरी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना सञ्चालन गर्न गुरुयोजना बनाउन लागिएको हो ।

परामर्शदाता छनोट गरेर गुरुयोजना निर्माणको तयारी गरिएको नगर कार्यपालिकाका प्रवक्ता समेत रहेका ८ नं वडाका अध्यक्ष रामकृष्ण बराइलीले जानकारी दिए । उनका अनुसार गत फागुन २८ गते स्थगित भएको नगरसभा चैत २३ गते बस्ने भएको छ ।

नगरसभाले आर्थिक र शिक्षा ऐन साथै प्रशासनिक र न्यायिक समितिको कार्यविधि पारित गर्ने प्रवक्ता बराइलीले जानकारी दिए । यसअघि ८ वटा नियमावली तयार पारिसकेको कार्यपालिकामा चार वटा नियमावली छलफलका लागि पेश भएका छन् ।

प्रवक्ता बराइलीले रामायण पार्क, बेनी पात्लेखेत सडक कालोपत्र, खुल्ला मञ्च विस्तार, कालीपुल बसपार्क लगायतका योजनालाई नगरका गौरवका योजनाका रुपमा अघि बढाइने बताए । आँपरुख, गुफाको डिल र पौलत्स्यलाई समेटेर रामायण पार्क योजनाका लागि डिपिआर तयार पार्न अध्ययन भइरहेको बताए ।

पार्क बनाउन र रामको मूर्ति राख्न यस वर्ष ५० लाख विनियोजन भएको छ । प्रवक्ता बराइलीले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा नगरपालिकाले बजेट विनियोजन गरेका ८८ वटा योजना तथा कार्यक्रम सम्पन्न भइसकेको जानकारी दिए ।

उनका अनुसार वडा नं ३ भकिम्लीले ९० प्रतिशत र अन्य वडाले ६५ प्रतिशतभन्दा बढी भौतिक प्रगति हासिल गरेको छ । ३७ करोड ७८ लाख ८६ हजार कूल बजेटमध्ये सःशर्त अनुदानतर्फ १७ करोड ८० लाख ८६ हजार विनियोजन भएकामा १३ करोड दुई हजार ७८० खर्च भएको छ ।

समानीकरणको चालुतर्फ चार करोड ५० लाख विनियोजन भएकामा एक करोड ३२ लाख १४ हजार ६४ र पूँजीगततर्फ १४ करोड ८१ लाख ११ हजार विनियोजन भएकामा ३ करोड २७ लाख खर्च भएको छ । १ करोड ५० लाख रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य रहेकामा ६६ लाख उठिसकेको प्रवत्ता बराइलीले बताए ।

कूल ३७१ वटा योजना तथा कार्यक्रममध्ये पूर्वाधार तर्फका २५० वटा योजनाका लागि बजेट विनियोजन भएको छ । अहिलेसम्म २३२ योजनाको सर्वेक्षण, २२५ लगत इस्टिमेट तयार र २२६ वटा सम्झौता भएका छन् । ठेक्कामार्फत सञ्चालन हुने ३ वटा योजनाको सम्झौता भइसकेको छ ।

शहरी विकास तथा भवन डिभिजन कार्यालयसँग समन्वय गरेर कालीपुल बसपार्कलाई व्यवस्थित गर्न लागिएको बराइलीले बताए । उहाँका अनुसार कालीगण्डकी पुलदेखि कालीपुल बसपार्क हुँदै वेष्ट पोइन्ट तलको सडक दुई लेनको कालोपत्र गर्न सडक डिभिजन कार्यालयले ठेक्का प्रक्रिया अघि बढाएको छ ।

क्याम्पसचोक र मंगलाघाटमा बाढी तथा पहिरो नियन्त्रणका लागि १२ लाख ५० हजार दरका दुई वटा योजना कार्यान्वयनको चरणमा रहेका छन् ।
रासस

प्रकाशित मिति : २१ चैत्र २०७४, बुधबार ००:००