५ श्रावण २०८१, शनिबार | Sat Jul 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँपालिका महासंघको अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित (अन्य निर्वाचितहरूकाे सूचीसहित)



 

स्थानीय खबर संवाददाता
काठमाडौं, १९ चैत

गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ सर्बसम्मत निर्वाचित भएका छन् । श्रेष्ठ एमालेको तर्फबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन् । श्रेष्ठसहित ३७ सदस्यीय महासंघको केन्द्रीय कमिटी सर्बसम्मत निर्वाचित भएको छ ।

शनिबारदेखि राजधानीमा चलेको महाअधिवेशनबाट उपाध्यक्षमा झापाको कमल गाउँपालिकाकी उपाध्यक्ष मेनुका काफ्ले निर्वाचित भएकी छन् । काफ्ले पनि एमालेको तर्फबाटै निर्वाचित भएकी उपाध्यक्ष हुन् । यसैगरि महासचिवमा सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङ निर्वाचित भएका छन् । तामाङ कांग्रेसको तर्फबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष हुन् ।

यसैगरि सचिवमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिकाकी उपाध्यक्ष देबी बुर्लाकोटी निर्वाचित भएकी छन् । बुर्लाकोटी कांग्रेसबाट निर्वाचित भएकी हुन् । यसैगरि कोषध्यक्षमा सल्यानको कमाखा गाउँपालिकाकी अध्यक्ष दिलमाया बुढामगर निर्वाचित भएकी छन् ।

एमालेमा सहज, कांग्रेसलाई सकस

एमालले आईतबार राति नै सबैजसो पदाधिकारीको नाम टुङ्गो लगाई सकेको थियो । केही दिन अघिदेखि जुगल गाउँपालिकाका अध्यक्ष अध्यक्ष होमनारायण श्रेष्ठ र स्याङ्जा कालीगण्डकी गाउँपालिकाको अध्यक्ष खिमबहादुर थापाको नाम चर्चामा थियो । स्पष्ट बोल्ने र स्थानीय शासनको बिषयमा पकड भएका श्रेष्ठ र थापा दुबै केपी ओली खेमाका कार्यकर्ता हुन् ।

श्रेष्ठ र थापामध्ये कसलाई अघि सार्ने भन्नेबारे पार्टीको उच्च स्रोतसँग पनि छलफल भएको थियो । पार्टीको उच्च स्रोतले श्रेष्ठलाई अघि सार्न सुझाव दिए पछि थापा पछि हटेका थिए । थापा पनि महासंघको केन्द्रीय सदस्यमा सर्बसम्मत निर्वाचित भएका छन् । एमालेमा सहज हुनुको कारण पदाधिकारीको संख्या पनि हो ।

कांग्रेसमा भने आकांक्षीहरू धेरै भए पनि पदाधिकारी छान्न सकस परेको थियो । आईतबार दिउँसो देखि नै सहमति गर्ने प्रयास गरे पनि सोमबार दिउँसो मात्रै टुङ्गो लगाएको थियो । सहमति जुटाउन नसकेपछि कांग्रेसका उच्च नेताहरूकहाँ बसेर नाम टुङ्ग्याएका थिए । माओवादी केन्द्र, संघीय फोरमलगायतका दलहरूमा भने खासै समस्या देखिएन ।

यस्तो छ व्यवस्था

महासंघको बिधानअनुसार सबैभन्दा धेरै गाउँपालिका जित्ने दलले अध्यक्ष र उपाध्यक्ष, दोस्रो हुनेले महासचिव र सचिव, तेस्रो हुनेले कोषाध्यक्ष पाउने व्यवस्था छ । त्यही व्यवस्था अनुसार एमालले अध्यक्ष र उपाध्यक्ष, कांग्रेसले महासचिव र सचिव पाएका छन् । यसैगरि माओवादी केन्द्रले कोषाध्यक्ष पाएको छ ।

विधानअनुसार एमालेबाट अध्यक्षसहित १५ जना, कांग्रेसबाट महासचिवसहित १२ जना, माओवादी केन्द्रबाट कोषध्यक्षसहित ६ जना, संघीय फोरमबाट २ जना, राजपाबाट १ जना र अन्य साना दलहरूबाट २ जना पदाधिका निर्वाचित भएका छन् ।

निर्वाचित पदाधिकारीहरूको बिबरण

प्रकाशित मिति : १९ चैत्र २०७४, सोमबार ००:००