२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

होर्डिङबोर्ड नहटाए कामपाले कारबाही गर्ने



१५ चैत, काठमाडौं ।
काठमाडौं महानगरपालिकाले नियम बाहिर रही राखिएका विज्ञापन हटाउने कामलाई तीव्रता दिएको छ ।

एक वर्षअघि नै अभियानका रुपमा जथाभावी रुपमा राखिएका विज्ञापन तथा होर्डिङबोर्ड हटाइसकेको कामपामा पुनः जथाभावी विज्ञापन देखिएकाले सुन्दर शहरको परिकल्पना सहित उक्त कार्य शुरु गरेको कामपाले जनाएको छ ।

यदि कसैको भरोसामा उक्त कार्य गरिएको प्रमाण फेला परे कानुनीरुपमा नै कारबाही गरिने पनि कामपाका निर्देशक नवराज ढकालले प्रष्ट पारे ।

कामपाका राजस्व विभाग प्रमुख राज्यप्रकाश प्रधानले भने, नियमसंगत राखिएका बाहेक सबै विज्ञापन हटाउने र राख्ने व्यक्ति वा संस्थालाई कारबाही गरिन्छ कुनै पनि बहानामा छुट पाउने अवस्था छैन ।

स्वीकृति दिएभन्दा बढीले विज्ञापन र बोर्ड बढेकाले महानगरले विशेषरुपमा निगरानी गर्न शुरु गरेको प्रधानले बताए । पहिलो चरणमा विज्ञापन तथा होर्डिङबोर्ड व्यवस्थित गर्न बोर्ड फाल्ने र सम्पर्कमा एजेन्सी नआए कम्पनीलाई नै उक्त विज्ञापन निकाल्दा लाग्ने खर्च र अन्य जरीवाना सहित कारबाही गरिनेछ ।

तीस वर्ग फुटभन्दा माथिका, झ्याल छोपेर तथा कौशिमा फ्लेक्स बोर्ड राख्न नपाइने प्रावधान रहेको छ । त्यस्तै, छिमेकीको सहमति विना पनि त्यस किसिमका बोर्ड राख्न पाइँदैन । तर सुपर मार्केट तथा सपिङ कम्प्लेक्समा डिजिटल बोर्ड भने राख्न पाइन्छ ।

काठमाडौं महानगरको कानुनी व्यवस्था अनुसार विज्ञापन तथा होर्डिङबोर्ड नियमन गर्न विज्ञापन कर नीति २०७१, विज्ञापन कर निर्देशिका २०६४ र सर्वोच्च अदालतको आदेश समेत रहेको छ । जसमा विज्ञापनलाई शून्य गर्नु नभई नियमन गर्नपर्ने कुरा उल्लेख छ ।

हाल कलङ्की, त्रिपुरेश्वर, माइतीघर, सुन्धारा लगायत स्थानमा नियमबाहिर रही विज्ञापन राखिएका छन् । तीनलाई हटाउनका लागि दैनिक रुपमा कामपाबाट ५ जनाको नगर प्रहरी सहितको टोली खटिने गरेको छ ।
रासस

प्रकाशित मिति : १५ चैत्र २०७४, बिहिबार ००:००