१९ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अर्घाखाँचीमा १० घर, १ पोखरी अभियान शुरु



९ चैत, अर्घाखाँची ।
पोखरी मासिएका कारण दिन प्रतिदिन पानीका मुहान सुक्दै गइरहेको निष्कर्ष निकाल्दै अर्घाखाँचीमा १० घर एक पोखरी अभियान शुरु गरिएको छ । गाउँगाउँमा रहेका पोखरी संरक्षणको अभावमा मासिँदै गइरहेका बेला युवाको सक्रियतामा अभियानको शुभारम्भ गरिएको हो ।

पोखरी मासिँदै जाँदा आकाशबाट परेको पानी जमिनभित्र सिञ्चित हुन नपाएका कारण पानीका मुहान सुक्दै गएपछि प्रकृतिको संरक्षणको लागि अभियान शुरु गरिएको अभियानकर्मी युवा व्यवसायी कृष्णप्रसाद भुसालले बताए ।

विद्यालय, सडक, प्रतीक्षालय जस्ता संरचना निर्माण गर्दा पोखरी मासिँदै गएको र यसका कारण मानव जीवनमा नै प्रत्यक्ष प्रभाव पर्ने खतरा कम गर्न अभियान शुरु गरिएको अर्का अभियानकर्मी, युवा व्यवसायी एवं नयाँ एफएमका स्टेशन म्यानेजर हरिप्रसाद भुसालको भनाइ छ ।

अर्घाखाँची जिल्लाका विभिन्न स्थानमा गरी ५०० पोखरी निर्माण गर्ने लक्ष्य लिएको अभियानले एक हप्ताको बीचमा करीब एक दर्जन पोखरी निर्माण गरिसकेको छ । अभियानलाई निश्चित घेराभित्र मात्र सीमित नगरी देशभर सञ्चालन गर्नुपर्नेमा अभियानले जोड दिएको छ ।
रासस

प्रकाशित मिति : ९ चैत्र २०७४, शुक्रबार ००:००