१८ मंसिर २०८२, बुधबार | Wed Dec 3 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पन्ध्र दिनभित्र प्रदेशमा नमूना कानून पुग्नेः कानूनमन्त्री



८ चैत, काठमाडौं ।
कानून न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले प्रदेश सरकार सञ्चालनका लागि छिट्टै नै नमूना कानून बनाएर पठाउने बताएका छन् । रिपोर्टर्स क्लबद्वारा आयोजित कार्यक्रममा उनले भने– “अबको १० देखि १५ दिनभित्रमा सबै प्रदेश कार्यालयमा नमूना कानून पु¥याइने छ ।”

मन्त्री तामाङले अबको १५ दिनभित्रमा कानून पुगेपछि प्रदेश सरकारले कानूनको अभावले काम रोकिएको भन्न नपाउने बताउँदै आउँदो असोज ३ गतेभित्र सबै कानून बनाइसक्ने जानकारी दिए । उनले नयाँ संविधानअनुसार मन्त्रालयले ३८६ वटा कानून बनाउनुपर्ने बताउँदै अब बन्ने नयाँ कानून पीडितले न्याय पाउने गरी बन्ने धारणा व्यक्त गरे ।

“पीडितले न्यायलयबाट न्याय नपाएको र पीडकले उन्मुक्ति पाउने गरेको सुन्ने गरेको छु,” उनले भने, “पीडितले न्याय पाउने गरी खुशीका साथ न्यायलय जाने वातावरण अब हुनेछ ।” मन्त्री तामाङले न्यायलयमा देखिएको विकृतिसमेत अन्त्य गरी यसलाई स्वच्छ र स्वतन्त्र बनाइने उल्लेख गर्दै सुशासन र जनतालाई सहज न्याय पाउने वातावरण बनाउने बताए ।

विधिको शासनलाई कडाइका साथ लागू गरिने छ, उनले भने, “कानूनको अभावले होइन, कार्यान्वयनको अभावले बेथिति जन्मिएको हो, अब कोही पनि कानूनभन्दा माथि हुने छैनन् ।” मन्त्री तामाङले सार्वजनिक पद धारण गरेको व्यक्तिले सम्पत्ति विवरण बुझाउने मात्र नभई सार्वजनिक गर्ने कानून निर्माण गर्न थालेको पनि जानकारी गराए ।
रासस

प्रकाशित मिति : ८ चैत्र २०७४, बिहिबार ००:००