६ श्रावण २०८१, आइतबार | Mon Jul 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘कच्ची सडकमुक्त’ बन्दै भद्रपुर नगरपालिका



चन्द्रकला भण्डारी
७ चैत, काँकडभिट्टा ।
लामो समयदेखि ‘गाउँ सरह’ मानिएको भद्रपुर नगरपालिकामा एकैपटक ७० भन्दा बढी सडक निर्माणको कामले गति लिएको छ । नगरपालिकाका इन्जिनियर योगेन्द्र रञ्जितकारका अनुसार शहरी विकास कार्यक्रमअनुसार सडक निर्माणका लागि केन्द्र सरकारले आगामी तीन वर्षमा २ अर्ब बजेट पठाउने भएपछि निर्माणले गति लिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली अघिल्लोपटक प्रधानमन्त्री हुँदा पूर्वपश्चिम राजमार्गसंग नजोडिएका सदरमुकामको सडक विकास लागि सरकारले वर्षेनी ५० करोड बजेट दिने घोषणा भएको थियो । सो घोषणा अनुसार हरेक वर्ष भद्रपुरले ५० करोडभन्दा बढी बजेट सरकारबाट पाउँछ ।

भद्रपुर नगर क्षेत्रका सबै सडकमा डोजर चलाइएको छ भने कालोपत्रेका लागि पक्की ड्रेन निर्माण जारी छ । चारआलीबाट भद्रपुर जाने सडक र ज्यामिरगढीबाट भद्रपुर जाने ती सडकमा हाल धमाधम नाली बनाउने र गिटी बिछ्याउने काम भइरहेको छ ।

पृथ्वीनगर र महेशपुरतिरका बाटा खन्ने काम सकिएको छ । ५ लाखदेखि १ करोडसम्मका सडक परियोजना निर्माणका क्रममा छन् । सडकको गुणस्तर कायम गर्न नगरपालिकाको अनुगमन टोली निरन्तर खटिएको छ ।

अहिले आइसकेको बजेटले आगामी तीन वर्षमा ७० किलोमिटर सडक कालोपत्रे गर्न पुग्ने र थप बजेट ल्याउन सके ५ वर्षभित्र नगरका सबै सडक कालोपत्रे हुने सम्भावनालाई दृष्टिगत गर्दै नगरपालिकाले काम अघि बढाएको नगर प्रमुख जीवन श्रेष्ठले बताए ।

इन्जिनियर रञ्जितकारका अनुसार नगरपालिकाले हरेक दिन दिउँसो २ बजेपछि प्राविधिक र जनप्रतिनिधिको टोली अनुगमनमा निस्कने तालिका बनाएको छ । भद्रपुर झापामा सबैभन्दा पहिले ‘कच्ची सडकमुक्त’ अर्थात ‘कालोपत्रे सडकयुक्त’ नगर घोषणा हुने सम्भावना देखिएको स्थानीय पत्रकार गोपाल गिरीले बताए ।

भद्रपुरको विकासले तीव्र गति लिनुमा जनप्रतिनिधिमा भएको आपसी समझदारीलाई पनि महत्वपूर्ण कडी मानिएको छ । झापामा सबैभन्दा पहिले नगरसभा भद्रपुरले नै सम्पन्न गरेको थियो ।
सडक निर्माणले मात्र होइन, अन्तिम चरणमा पुगेको मेची पुल र यसैवर्ष तीव्र रुपमा निर्माण हुन लागेको हुलाकी राजमार्गले समेत भद्रपुरलाई काँचुली फेर्न सघाउ पु¥याउने अनुमान गरिएको छ ।
रासस

प्रकाशित मिति : ७ चैत्र २०७४, बुधबार ००:००