११ जेष्ठ २०८१, शुक्रबार | Sat May 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेलकोटगढी नगरमा एकैसाथ २५५ सडक विस्तार



६ चैत, नुवाकोट ।
बेलकोटगढी नगरपालिकाले नगरक्षेत्रको विकासका लागि सडक विस्तार तथा स्तरोन्नतिलाई पहिलो प्राथमिकतामा राखी एकैसाथ २५५ वटा सडक विस्तार गर्ने भएको छ ।

ग्रामिण भेगबाट नगरपालिका र अन्य कार्यालयसम्म पुग्ने व्यवस्थित सडकको अभाव भएपछि आठ करोड बजेट छुट्टाएर एकैसाथ नगरभित्रका २५५ वटा सडक निर्माण अघि बढाउन थालेको नगर प्रमुख राजेन्द्ररमण खनालले बताए ।

“नगरपालिका हुँदै कालोपत्रे भएका पासाङलामु मार्ग र गल्छी–देवीघाट सडक सञ्चालनमा छन् ।” उनले भने, “नगरको केन्द्र तथा मानवबस्तीसम्म पुग्न कठिन भएकाले विकासका अन्य गतिविधि सञ्चालन गर्न नसकिने भएको र जनताबाट समेत सबैभन्दा बढी सडककै माग भएकाले आवश्यकताको अधारमा सडक विस्तारलाई पहिलो प्राथमिकता दिइएको हो ।”

नगरपालिकामार्फत विस्तार एवं स्तरोन्नति गर्न लागिएको सडक चार खण्डमा विभाजन गरिएको छ । राज्य पुनःसंरचना अन्तर्गत साविकका छ गाविस समावेश गरी १३ वटा वडा मिलेर बनेको यो नगरपालिका प्राकृतिक श्रोत, जल, जमिन, जंगल, सांस्कृतिक सम्पदा एवं धार्मिकस्थलमा धनी मानिन्छ ।
रासस

प्रकाशित मिति : ६ चैत्र २०७४, मंगलबार ००:००