२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चन्दा उठाएर सडक खन्दै स्थानीय, जनप्रतिनिधि भने १० लाख लिएर भ्रमणमा



५ चैत, दैलेख ।
दैलेख जिल्लाको भैरवी गाउँपालिका ५ ९साविकको भैरीकालिकाथुम–९ बाहाँचौर० का स्थानीयवासीले चन्दा उठाएर सडक निर्माण गरेका छन् । गाउँपालिकाको डाडाँमाडी बजारदेखि बाहाचौर जोड्ने सडक अन्तर्गत डोक्रा सम्म गाउँपालिको बजेटमा सडक निर्माण भएको थियो ।

डोक्रादेखि बाहाँचौर जोड्ने सडकका लागि गाउँपालिकाले कुनै पनि चासो नदेखाए पछि स्थानीयवासीले चन्दा उठाएरै सडक निर्माणको काम थालेका हुन् । स्थानीयबासी रामबहादुर विकका अनुसार १७ घरधुरीले ८१ हजार उठाएर सडक निर्माण गरेका हुन् ।

उनीहरुले यसअघि पनि गाउँका प्रतिघरधुरी १० १० हजार उठाएर सडक निर्माण गरेका थिए । स्थानीयवासी कृष्णप्रसाद जैसीका अनुसार हालसम्म स्थानीयवासीले दुई लाख ६६ हजारभन्दा बढी रकम चन्दा उठाएर सडक निर्माण गरेका हुन् ।

हिला अगुवा सरिता पौडेलका अनुसार डोक्रादेखि बाहाँचौर जोड्ने सडकका लागि गाउँपालिका र वडापालिकाले कुनै पनि चासो नदेखाएपछि स्थानीयवासीले चन्दा उठाएर सडक निर्माणको काम गरेको बताइन् ।

गाउँपालिकाभित्रका स्थानीयवासीले चन्दामार्फत सडक निर्माण गरिरहँदा भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बूढाको नेतृत्वमा जनप्रतिनिधि, कर्मचारी र पत्रकार सहित ३९ जनाको जम्बो टोली स्थानीय संरचना सञ्चालन तथा पशुपालनको विषयमा अध्ययन गर्ने भन्दै गाउँपालिकाको १० लाखको बजेट छुट्याएर एकहप्ते भ्रमणमा निस्किएका हुन् ।

स्थानीय सरिता पौड्यालले भनिन् खास किसान एक जना पनि गएका छैनन् “गाउँपालिकाभित्रका विभिन्न वडामा स्वास्थ चौकी नै छैन । भएका स्वास्थ्य चौकीमा जिवनजल छैन, धारामा पानी छैन, सडक छैन, बिजुली छैन, यस्तो अवस्थामा पनि गाउँपालिकाको सिंगो टोली १० लाख खर्च गरी भ्रमणमा निस्किएका छन् ।”

जनप्रतिनिधिमार्फत स्थानीयस्तरमा विकास हुने आशा गरेको भए पनि गाउँपालिकामा आएको बजेट भ्रमणमा खर्च गरेको भन्दै उनले आलोचना पनि गरिन् ।

गाउँपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कर्मचारी, वडासदस्य, पत्रकार सहितको टोली भ्रमणमा निस्किएपछि गाउँपालिकाबाट प्रदान गरिने सेवा सुविधाहरु समेत प्रभावित भएका छन् ।
रासस

प्रकाशित मिति : ५ चैत्र २०७४, सोमबार ००:००