६ श्रावण २०८१, आइतबार | Mon Jul 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालगन्जमा पक्की सडक र नाला निर्माण दोश्रो चरणमा प्रवेश



५ चैत, नेपालगन्ज ।
नेपालगन्जमा सडक र सतही नाला व्यवस्थापनको काम दोस्रो चरणमा प्रवेश गरेको छ । एकीकृत शहरी विकास आयोजना र क्षेत्रीय शहरी विकास आयोजनाले पहिलो चरणमा बाँकी रहेका नेपालगन्ज बजार क्षेत्रका सडक अहिले धमाधम कालोपत्र गरिरहेको छ ।

क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत नगर क्षेत्रका ३६ किलोमिटर सडक कालोपत्र र सतही नाला निर्माण भइरहेको इन्जिनियर शैलेन्द्र महर्जनले जानकारी दिए ।

कम्तीमा ६ देखि १२ मिटरसम्म चौडाइको पक्की सडक निर्माण भइरहेको उनले बताए । आयोजना अन्तर्गत झण्डै १ अर्ब ६४ करोडको लागतमा सडक र नाला निर्माणको जिम्मा कालिका, जेटटिएसजे÷जेबीलाई दिइएको छ ।

अहिले नेपालगन्जको सदरलाइन बजार क्षेत्र चौडा बनाउन स्थानीयवासीले धमाधम आफ्नो घर तथा संरचना भत्काइरहेका छन् ।
रासस

प्रकाशित मिति : ५ चैत्र २०७४, सोमबार ००:००