६ श्रावण २०८१, आइतबार | Mon Jul 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाँच सय किलोमिटर सडक कालोपत्र गर्नेः प्रमुख पराजुली



२ चैत, विराटनगर ।
विराटनगर महानगरपालिकाले नगर क्षेत्रभित्र सडक सञ्जाल तथा नाला निर्माण कार्यलाई तीव्रता दिएको छ ।

महानगरपालिकाले सघन शहरी विकास कार्यक्रमअन्तर्गत ६२ करोडको लागतमा नालासहित १४ वटा सडकको ९१३ दशमलव पाँच किलोमिटर० निर्माण कार्य शुरु गरी त्यसको ७० प्रतिशत काम पूरा भएको जनाएको छ ।

आउँदो २०७५ असार मसान्तसम्ममा सम्पूर्ण सडक तथा सडकको दुवैतर्फ नाला निर्माण कार्य पूरा हुने महानगरपालिकाका वरिष्ठ इन्जिनियर भरत न्यौपानेले बताए ।

यसैगरी साना तथा मझौला शहर वातावरणीय विकास परियोजनाअन्तर्गत २ अर्ब ९५ करोडको लागतमा निर्माण भइरहेको नाला तथा सडकको कार्यले ९७ प्रतिशत प्रगति हासिल गरेको छ ।

यस कार्यअन्तर्गत ढल, नाला, फोहर, पानी प्रशोधन, सडक ग्राभेल, पुष्पलाल चोकदेखि पानीट्याङ्कीसम्मको कालोपत्रसहितको सडक निर्माण, धर्मबाँध र शाही मार्गमा पानीट्याङ्की निर्माण कार्य भइरहेको कालिका कन्स्ट्रक्सनका इन्जिनियर महेश सुवेदीले बताए ।

यस्तै २ अर्ब ६२ करोडको लागतमा क्षेत्रीय विकास परियोजनाअन्तर्गत शुरु भएको नाला तथा सडक निर्माण कार्यले १५ प्रतिशत प्रगति हासिल भएको इन्जिनियर न्यौपानेले जानकारी दिए ।

आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ कार्य भइरहेको उक्त परियोजना अन्तर्गत ७१ किलोमिटर सडकमा कालोपत्र र त्यसको दुवैतर्फ नाला निर्माण गरिने छ ।

यसैबीच विराटनगरमा भइरहेको कामको महानगरपालिकाका प्रमुख भीम पराजुलीसहितको टोलीले बिहीबार अनुगमन तथा निरीक्षण गरेका छन् ।

प्रमुख पराजुलीसहित उपप्रमुख इन्दिरा कार्की, महानगरपालिकाका कार्यकारी अधिकृत प्रदीप निरौला, इन्जिनियर भरत न्यौपाने तथा सञ्चारकर्मीसहितको टोलीले विराटनगरमा भइरहेको दुई दर्जनभन्दा बढी योजनाको अनुगमन गरी त्यसको प्रगति र अवस्थाका बारेमा जानकारी लिएको छ ।

नालाको पानी प्रशोधन गरी पुनः खोलामा फाल्ने र मल बिक्री गर्ने योजनाका साथ कार्य अगाडि बढाएको महानगरपालिकाले जनाएको छ ।
रासस

प्रकाशित मिति : २ चैत्र २०७४, शुक्रबार ००:००