८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

३१ जिल्लाको मतपत्र छापियो



निर्वाचन आयोगले ३१ जिल्लाको मतपत्र छापिएको जनाएको छ । गाविस महासंघले आयोजना राजधानीमा आयोजना गरेको कार्यक्रममा आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले सोमबार दिउँसोसम्म ३१ जिल्लाको मतपत्र छापिएको बताए ।

“आयोगले चुनावको तीब्र तयारी गरिरहेको छ । ३१ जिल्लाको मतपत्र छापिइसकेको छ,” उनले भने, “चुनावमा भाग लिन दलको संख्या जिल्ला नै पिच्छे फरक भएकाले मतपत्रको आकार पनि फरक–फरक छन् ।” ६ प्रकारका मतपत्र छाप्न लागेको उनले बताए ।

गाविस महासंघले आयोजना ‘संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरणका लागी स्थानीय निर्वाचन’ बिषयक गोष्ठीमा आयोजित कार्यक्रममा बोल्दै उनले ६६ जिल्लाबाट निर्वाचन क्षेत्र पुनरावलोकन प्रतिवेदन पनि आयोगमा आईसकेको उनले जानकारी दिए । बाँकी जिल्लाबाट पनि केही दिनमै आइसक्ने छन् ।

“०७० सालको चुनावमा दिइएको मतदाता परिचय पत्रमा साविकको गाविस र नगरपालिका नै उल्लेख छ,” उनले भने, “परिचय पत्र पनि गाउँपालिका र नगरपालिकाको नामबाटै जारी गर्छौं ।” करिब १ करोड ४० लाख मतदाता रहेको पनि उनले जानकारी दिए ।

प्रकाशित मिति : १४ चैत्र २०७३, सोमबार ००:००