१५ मंसिर २०८२, आइतबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कामपाः ज्येष्ठ नागरिकको स्वास्थ्योपचार स्थगित



२५ फागुन, काठमाडौं ।
काठमाडौं महानगरपालिकाले छ महिनादेखि शुरु गरेको जेष्ठ नागरिकलाई घरघरमा दिइने उपचार सेवा तत्कालका लागि रोकिएको छ ।

हाल चिकित्सक र नर्सको अभावका कारण निरन्तरता दिन नसकिएको कामपा जनस्वाथ्य महाशाखा प्रमुख हरि श्रेष्ठले जानकारी दिए ।

कामपाले गत असार १५ गतेदेखि प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी सहभागी भएर सो सेवा शुरु गरेका थिए ।

अस्थायी भएका कारण पहिलो चरणको काम सकेर १०–१० चिकित्सक र नर्स जिल्ला जनस्वास्थ्य कार्यालय नै फर्केको जनाइएको छ ।

कामपाका ८८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई जीवनप्रति सकारात्मक सोचको विकास एवं उनीहरूमा भएका रोगको निदान गरी स्वस्थ्य जीवन बाँच्न प्रेरित गर्ने उद्देश्य सो सेवाको थियो ।

महानगरका ३२ वटै वडामा अठासी वर्ष उमेर पूरा भएका ५९६ नागरिक छन् । अबको केही समयमा नै कामपाले आवश्यक कर्मचारीको व्यवस्था गरी सेवालाई निरन्तरता दिने जनाएको छ ।

स्वास्थ्योपचारसंगै जेष्ठ नागरिकलाई कामपाका तर्फबाट वार्षिक १२ हजारका दरले भत्तासमेत दिन थालिइसकेको छ । गत वैशाखमा स्थानीय निर्वाचनबाट जनप्रतिनिधि आएपछि भत्ता वितरण गरिएको थियो ।
रासस

प्रकाशित मिति : २५ फाल्गुन २०७४, शुक्रबार ००:००