६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिलो पटक बस पुगेपछि स्थानीयवासी हर्षित



२५ फागुन, अर्घाखाँची ।
सम्भवतः नेपालकै सबैभन्दा ठूलो नगरपालिका अर्घाखाँची शितगंगा नगरपालिका–९ को सिस्ने खोलामा पहिलो पटक बस पुगेपछि स्थानीयबासिन्दा हर्षित भएका छन् ।

पहिलो पटक आफ्नो गाउँमा बस पुग्दा स्थानीयवासी नाच्दै गाउँदै बस चालक, सहचालक तथा वडा अध्यक्ष भीम केसीलाई फूलमाला लगाएर भव्य स्वागत गरेका थिए ।

चुनावको बेला विकास निमार्णको कामलाई तीव्रता दिने प्रतिवद्धता जनाएका वडाअध्यक्ष केसीले आफ्नो प्रतिबद्धता पूरा गरेको भन्दै स्थानीयवासी खुशी भएका छन् । प्रत्येक दिन दिउँसोको ३ः३० बजे चन्द्रौटा, धानखोला हुँदै सिस्नेखोलाका लागि बस छुट्ने भएको छ ।

आफू निवार्चित भएपछि धानखोलादेखि सिस्ने सम्मको बाटो फराकिलो गर्ने कार्य सम्पन्न गरी बस सञ्चालनमा ल्याएको अध्यक्ष केसीले बताए । अहिले नगरपालिकाको मापदण्डअनुसारको बाटो र नाला निर्माण गर्ने कार्य अगाडि बढिरहेको छ ।

बाटो फराकिलोसँगै ठाउँ–ठाउँमा तटबन्ध निर्माण र हिम पाइप बिछ्याउने काम हुँदै गरेको छ । विकास निमार्णमा पछाडि परेको यो क्षेत्रमा अहिले भने जनताका आशा पलाएको छ । बाटो निर्माण, पशु कृषि अनुदान जस्ता विकास निर्माणका धेरै काम यहाँ भइरहेको छ ।

शितगंगा नगरपालिकाकै महत्वपूर्ण मानिने उक्त ट्र्याक बैरिया, सिमलपानी ,चाक्ला, सिद्धारा हुँर्दै आउने भएकाले त्यसको स्तरवृद्धि सम्पन्न भएसंगै सिस्ने खोलासम्म बस सञ्चालन गरिएको हो । निकट भविष्यमै शितगंगा नगरपालिकाको रिङरोड बनाउने योजना रहेकाले पनि त्यो बाटोलाई महत्वका साथ लिने गरिएको छ ।
रासस

प्रकाशित मिति : २५ फाल्गुन २०७४, शुक्रबार ००:००