२३ फागुन, कालिकोट ।
जिल्लाको नरहरिनाथ गाउँपालिकाले आवश्यक नभएका राष्ट्रिय बिदा परेका दिनमा स्थानीय बिदालाई जोड दिने भएको छ ।
गाउँपालिकाको गाउँसभाबाट समाजमा अर्थ नराख्ने राष्ट्रिय बिदाको सट्टा स्थानीय रहनसहनसंग सुहाउँदो बिदा कायम गर्न थालेको गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढाले बताए ।
गाउँपालिकाका प्रवक्ता गगन फडेराले यहाँको रहन सहन तथा भेषभूषामा आधारित बिदा नभएकाले सो दिनमा स्थानीय बिदालाई जोड दिने बताए ।
सरकारले दिएका ल्होसार, तथा पूर्वका रहन सहनसंग हुने बिदाका दिनलाई गाउँपालिकामा मानिने स्थानीय चाड पर्व तथा मेलालाई मर्ज गर्ने योजना रहेको उनको भनाइ छ ।
रासस




प्रतिक्रिया