१९ मंसिर २०८२, बिहिबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीन अर्बको लगानीमा शहरी बिकास आयोजना सञ्चालनमा



२३ फागुन, कञ्चनपुर ।
भीमदत्त नगरपालिकामा ३ अर्बको क्षेत्रीय शहरी विकास आयोजना सञ्चालानमा आएको छ । शहरी पूर्वाधार विकासका लागि प्रदेश नं ७ मा भीमदत्त नगरपालिका सहित कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा एशियाली विकास बैंकको ऋण सहयोगमा आयोजना सञ्चालन गरिएको हो ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले भीमदत्त नगरलाई व्यवस्थित र पूर्वाधार सम्पन्न शहर बनाउन आयोजना सञ्चालन गरिएको बताए । भीमदत्तलाई व्यवस्थित शहरसंगै प्रदेश नं ७ को उत्कृष्ट नमूना शहर बनाउन कार्यक्रम अगाडि बढाइएको उनको भनाइ छ ।

“भीमदत्तलाई नमूना शहर बनाउन २० वर्षे योजना बनाएका छौँ,” उनले भने । ५ वर्षे आयोजनाले भीमदत्तको पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । फोहरमैला व्यवस्थापन केन्द्र, ढलसहितको नमूना सडक र फोहर पानी प्रशोधन केन्द्र निर्माण आयोजनाको प्रमुख प्राथमिकतामा छन् ।

आयोजना अन्तर्गत निर्माण हुने २ लेनको ३६ किलोमिटर कालोपत्र सडकको सर्भे गरिएको छ । फोहरमैला व्यवस्थापनका लागि जग्गाको खोजी गरिएको छ । भीमदत्त नगरपालिकाका इञ्जिनियर हिमालयसिंह ऐरले १ अर्ब ७० करोड लगानीमा ढलसहितको दुई लेनको नमूना सडक निर्माण हुने बताए ।

फोहरमैला र फोहर पानी प्रशोधन केन्द्र निर्माणका लागि आयोजना अन्तर्गत कार्य अगाडि बढाइने योजना रहेको उनले बताए ।
रासस

प्रकाशित मिति : २३ फाल्गुन २०७४, बुधबार ००:००