६ श्रावण २०८१, आइतबार | Mon Jul 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडक अतिक्रमण हटाउँदै बनेपा नगरपालिका



२२ फागुन, धुलिखेल ।
बनेपा नगरपालिकाले नगरलाई व्यवस्थित बनाउने उद्देश्यले बनेपा नगरपालिका ६ बुडोलडाँडा आसपास सडक छेउछाउमा व्यवसायी निर्माण गरेका संरचना डोजर लगाएर हटाउन थालेको छ ।

उक्त संरचना हटाउन नगरपालिकाले यही फागुन १० गते सूचना जारी गरेको थियो । समयसीमा सकिएलगत्तै बनेपाको पुल बजारदेखि २८ किलोमिटरसम्मको अरनिको राजमार्ग दायाँबायाँका सबै संरचना हटाउन शुरु गरिएको हो ।

पछिल्लो समयमा व्यवसायीले सडक अतिक्रमण गर्ने क्रम बढेसंगै सडक साँघुरो बन्दै गएको थियो । सडक अतिक्रमण हटाउन नगरपालिकाले गरेको प्रयास बिफल भएको थियो । बनेपा नगरपालिका ६ का वडाध्यक्ष सचितानन्द केसीका अनुसार सडकको दायाँबायाँ राखिएका पुराना सवारी साधनलाई क्रेनको माध्यमबाट हटाउन थालिएको छ ।

“बाटो छेकिनेगरी राखिएका होडिङ बोर्ड डोजर लगाएर हटाउन थालेका छौँ,” उनले भने ।
रासस

प्रकाशित मिति : २२ फाल्गुन २०७४, मंगलबार ००:००